• शुक्रबार-बैशाख-१४-२०८१

सुनचाँदीका गरगहनाको परीक्षण तालिम 

 

काठमाडौं । नेपाल सरकार, अर्थ मंन्त्रालय, भंसार विभाग अन्तर्गतको त्रिभुवन विमानस्थल भंसार कार्यालय र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको संयुक्त आयोजनामा उक्त भंसार कार्यालयमा कार्यरत कर्मचारीहरुका लागि सुन, चाँदी, हीरा तथा सुनचाँदीका गरगहना परीक्षण सम्बन्धी तालिम २०७७ असार १६ गतेबाट प्रारम्भ भएको छ । पाँच दिनसम्म संचालन हुने तालिममा नौ जना कर्मचारीहरु सम्मिलित हुने भएका छन् ।

 

तालिमको उद्घाटन गर्दै कार्यालय प्रमुख शम्भुप्रसाद मरासिनीले यस्तो कठिन अवस्थामा पनि महासंघले तालिम उपलब्ध गराउन लागेकोमा खुशी व्यक्त गर्दै यसले सरकार र महासंघ वीचको सहकार्यलाई थप उजागर गरेको बताएका छन् । साथै यसलाई निरन्तरता दिनुपर्नेमा कुरामा जोड दिएका छन् । 

 

सो अवसरमा स्वागत मन्तव्य व्यक्त गर्दै प्रमुख भंसार अधिकृत कर्ण प्रसाद तिमिल्सिनाले यस प्रशिक्षणको महत्व बारे प्रकाश पारेका थिए । 

 

महासंघका अध्यक्ष रमेश महर्जनले आयात निर्यातसंग सम्बन्धित सरकारी निकायहरु सो सम्बन्धित क्षेत्रको पर्याप्त विज्ञ भइदिएमा व्यवसायीहरुलाई पनि सहज हुने भंसार कार्यालय जस्तो Import को Entrance  र Export को Exit को मुख्य नाकामा रहेको ठाँउमा यस किसिमको विज्ञताले आर्थिक वृद्धिलाई धेरै सहयोग पु¥याउने अपेक्षा गरिएको बताए ।

 

उनले व्यवसायीहरुसंग रहेको प्राविधिक ज्ञान नियामक निकायमा कार्यरत जनशक्तिका लागि शेयर गर्न पाएकोमा महासंघले आफ्नो एउटा जिम्मेवारी अन्तर्गत लिएको बताउदै महासंघका प्रदेश र जिल्ला संघमार्फत यस कार्यलाई देशका अन्य आवश्यक स्थानहरुमा पनि विस्तार गर्न सकिने बताएका छन् ।

 

यसरी प्रशिक्षणको अवसर दिएकोमा नेपाल सरकार, अर्थमंन्त्रालय, भंसार विभाग अन्तर्गतको त्रिभुवन विमानस्थल भंसार कार्यालयप्रति आभार व्यक्त गरेका थिए ।

 

सो अवसरमा महासंघका प्रथम उपाध्यक्ष रुद्र बहादुर बराईलीले यस कार्यलाई एउटा उदाहरणीय शुरुवातको रुपमा लिनुपर्ने बताएका थिए । 

 

तालिममा महासंघका केन्द्रीय कार्यसमिति सदस्य मीन बहादुर तामाङले सुनचाँदीका गहनाको एवं  GIA Gemologist रिकेन महर्जनले हीरा तथा रत्न पत्थर परीक्षण सम्बन्धी प्राविधिक प्रशिक्षण दिनेछन् । यस तालिमबाट भंसार चेक जाँचमा ठूलो सहयोग हुने पनि अपेक्षा राखिएको छ ।

प्रतिकृया दिनुहोस