काठमाडौं । नेपाल प्रेस युनियनको महाधिवेशन सर्दै जाने क्रममा कोरोना महामारी फैलिन पुग्यो । अध्यक्ष बद्री सिग्देलले कहिले के त कहिले के बहाना बनाउँदै कार्यकाल सकिएपछि पनि महाधिवेशन सार्दैआएका थिए । कोरोना महामारीपछि त उनलाई बहाना नै बनाउनुनपर्ने भएको छ ।
कोरोना महामारीमा पनि प्रेस युनियनभित्र महाधिवेशन राजनीतिको झस्का गुट उपगुटमा चलिरहेको छ । २०७७ असार ६ मा युनियनले संचार मन्त्रालयले दिएको १५ लाख अनुदानको रकम फस्र्यौट गर्नेगरी बिल बनाउन एक जुम(भर्चुअल) कार्यक्रम गरेको थियो । श्रमजीवी पत्रकारको समस्यामा केन्द्रित रहेर गरिएको ऊ छलफलमा अध्यक्ष बद्री सिग्देलले लामो भाषण गरेका थिए ।
त्यसपछि भर्खरै अन्नपूर्ण पोष्ट दैनिकको प्रधानसम्पादकबाट राजीनामा दिएका हरिबहादुर थापाले श्रमजीवी पत्रकारको पक्षमा आफ्ना धारणा राखेका थिए । कार्यक्रम संचालक कोषाध्यक्ष सरोज अधिकारी थिए । उनले थापालाई श्रमजीवी पत्रकारको पक्षमा आफ्ना कुरा राख्न निकैबेर समय दिएका थिए । तर जब युनियनका महासचिव अजयबाबु शिवाकोटीले बोल्न सुरु गरे, कार्यक्रम संचालक अधिकारीले ‘छिटो भनाइ टुंग्याउन’ भनेका थिए । अधिकारीले छिटो भनाइ टुंग्याउन दबाब दिनासाथ शिवाकोटीले आफ्नो मन्तब्य बीचमै रोकेर ‘म मेरा भनाइ यहीँ अन्त गर्दछु’ भने ।
त्यसपछि केहीबेर जुम बैठकमा कोही बोलेन । शिवाकोटी आक्रोसित भएको महसुस गर्दै अधिकारीले महासचिवज्यू भनाइ सकिएको हो भन्दै बाँकी भए बोल्न भने । तर उनले फेरि बोलेनन् । उनी नबोलेपछि लीलाराज खनालले महासचिवज्यू कुरा सकिइसक्यो रे त कार्यक्रम अगाडि बढाउनुुु्स् भने ।
अधिकारीले कार्यक्रम अगाडि बढाएका थिए । प्रेस युनियनमा बद्री सिग्देल पुनः अध्यक्ष हुने दाउमा छन् । त्यही भएर अध्यक्षका दाबेदार शिवाकोटीलाई जुम बैठकमा समेत बोल्न नियन्त्रण गरेको आरोप सिग्देलमाथि लागेको छ ।
जुम बैठकमा हरिबहादुर थापालाई श्रमजीवीको पक्षमा कुरा राख्न महत्वका साथ दिइएपछि पत्रकार महासंघको आगामी सभापतिको उम्मेदवार उनलाई बनाउन लागेको अड्कलबाजी पनि लगाउन थालिएको छ ।
यसैबीच, सरकारले प्रेस युनियनलाई १५ लाख रुपैयाँ अनुदान दिएपछि हतार हतार उक्त संस्था नवीकरण गरिएको छ । नवीकरण नै नभएको अवस्थामा संचारको अनुदान १५ लाख निकाल्न कानुनतः नमिल्ने भएपछि रातारात गरिएको थियो ।




