🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सामाजिक तथा भौतिक दूरी कायम गरी पेशा व्यवसाय सञ्चालन गर्नुपर्ने 

काठमाडौँ, २ असार : चन्द्रागिरि नगरपालिकाले सामाजिक तथा भौतिक दूरी कायम गरी पेशा व्यवसाय सञ्चालन गर्नुपर्ने बताएको छ ।

नगरपालिकाका प्रमुख घनश्याम गिरीको अध्यक्षतामा आसार १  गते  बसेको सुरक्षा निकायसहित ६ वटै विषयगत समितिको बैठकले स्वास्थ्य मापदण्ड अपनाएर पेशा, व्यापार, व्यवसाय र कार्यालय सञ्चालन गर्ने निर्णय गरेको हो । 

नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले असार १ देखि सामाजिक, भौतिक दूरी र स्वास्थ्य मापदण्ड पालना गरेर पेशा व्यवसायलगायत आवश्यक कार्यालय खोल्ने सरकारको निर्णयअनुसार सोही निर्णयलाई पालना गर्नुपर्ने बताउनुभयो ।

 चन्द्रागिरिले कोरोना सङ्क्रमणको जोखिम पालना नगरे जुनसुकै बेला सूचना जारी गरी उपयुक्त कदम चाल्न सक्ने जनाएको छ । चन्द्रागिरी नगरपालिका काठमाडौँ उपत्यका भित्रिने मुख्य प्रवेशद्धारमा रहेको नगरपालिकासमेत भएकाले जोखिम बढ्नसक्ने भन्दै विशेष सावधानी अपनाउन सबैलाई आग्रह गरिएको छ ।

प्रवक्ता महर्जनले नगरपालिकाभित्र सञ्चालन हुने निर्माण, सेवा, पेशा, व्यवसाय सञ्चालन गर्दा सामाजिक तथा भौतिक दूरी र स्वास्थ्य मापदण्ड पालना गर्नका लागि सचेतनाका कार्यक्रम समेत सञ्चालन  गर्ने बताउनुभयो । (रासस)