• शनिबार-बैशाख-८-२०८१

इनर्वा नाकाबाट मदिराको तस्करी : भारतीय नागरिक माेख्तारले पाए लाइन 

 


वीरगंज । लकडाउनकाे समयमा पनि नेपाल भारत सीमा क्षेत्रबाट मदिराको तस्करी भैरहेको सुन्दा र पढ्दा अचम्म लाग्न सक्छ, तर पाठकहरू यो सत्य हो र यस्तै भैरहेको छ पर्साकाे प्रमुख नाका इनर्वा नाकाबाट ।  

 

ईनर्वास्थित प्रहरीको सई बैझनाथ दासले साँठगाँठ गरेर  भारतीय नागरिक माेख्तारलाई मदिराको तस्करीको ठेक्का र लाइन दिएको खबर छ। पहिले मरिचकाे तस्करी धन्दा गर्दै आएका ती भारतीय नागरिक माेख्तारले अहिले मदिराको तस्करी गरिरहेकाे स्राे बताउछ ।

 

तस्करहरूले राति ९ बजे पछि  ६ जना महिलालाई प्रयोग गरि टाउकोमा कार्टुन र बाेराकाे माध्यमबाट भन्सारको पछाडिको बाटो प्रयोग गरि तस्करी गरिरहेकाे  सुरक्षा स्राेत बताउछ ।


  राति ३ देखि  ५ पटकसम्म यसरी मदिरा तस्करी गराउने काम भैरहेको छ। लकडाउन शुरू भएदेखि नै यसरी मदिरा तस्करी भैरहेको बताइन्छ। इनर्वा नाकाबाट सइ गाेकुल बलायर जिल्लामा तानिए पछि २० दिन निमित्त प्रमुख बनेका असई भिखारी यादवले नै शुरूमा मदिराको तस्करीको लाइन माेख्तारलाई दिएका थिए ।

 

जब तस्करी गर्ने गराउने उद्देश्यले सेटिङमा सई बैझनाथ दास लगियो उनै असई भिखारी यादवले तस्कर माेख्तारलाई भेटघाट र चिनजान गराएकाे स्राेत बताउछ । 


 त्यस बेलादेखि माेख्तारले मदिरा तस्करी गराए बापत असई, सई र माथिसम्म नजराना  दिनेगरि रकम ताेकेकाे र जिल्लाले पनि संरक्षण गर्दै आइरहेकाे आराेप छ । ठूलो मात्रामा यसरी तस्करी हुँदा थाहा पाएर  पनि नियन्त्रणतर्फ  जिल्ला 
प्रहरी र प्रदेश प्रहरी कसैको ध्यान गएको देखिदैन ।


 

प्रतिकृया दिनुहोस