• मंगलबार-बैशाख-११-२०८१

एनआरएनए मिडिया समितिमा भाँडभैलो , शर्मा दाजुभाइ नै लागे मानमर्दनमा 

गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव हेमराज शर्मा

 


लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) सूचना तथा संचार समूहमा अनधिकृत व्यक्तिहरुको प्रवेशपछि समूहकै सदस्यहरुबीच भाँडभैलो भएको खबर  छ  ।

 

संघको अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) अन्तर्गत प्रवक्ता डीवी क्षेत्रीको संयोजकत्वमा रहेको उक्त समूहमा मानार्थ परिषद् सदस्य चिरन शर्माको अनधिकृत प्रवेशसगै उपसंयोजकको जिम्मेवारी सम्हालेका कृष्ण केसीले समूह छाडेर हिँडेका छन् ।

 

संघको सूचना तथा संचार समूहमा उपसंयोजकको जिम्मेवारी लिएर समाचार सम्प्रेषण गरिरहेका अमेरिकास्थित पत्रकार कृष्ण केसी २०७७ जेठ १० गते शनिवारबाट सो समूह छाडेर बाहिरिएका हुन् । ‘जिम्मेवारी लिएपछि काम गर्नु पर्छ भन्ने मान्यता छ,’  सूचना तथा संचार समूहका तत्कालीन उपसंयोजक केसीले भने, ‘विना कुनै निर्णय केही साथीहरुको प्रवेशले काम गर्ने वातावरण नरहेपछि म बाहिरिएँ । म अब आफ्नै प्लेटफर्ममा बसेर काम गर्छु । काम गर्ने वातावरण नभएसम्म त्यो जिम्मेवारीमा म फर्किने छैन ।’

 

अघिल्लो कार्यकालमा मिडिया समितिका उपसंयोजक रहेका चिरन शर्माको अनाधिकृत प्रवेशका बारेमा प्रतिक्रिया लेख्दै ‘मेरो केही भन्नु छैन, जे मनलाग्दो गर्नुहोस्’ भनेर उपसंयोजक केसी समूहबाट निस्किएका थिए । सूचना तथा संचार समूहका सदस्य रहेका हेमन्त काफ्लेले मिडिया ग्रुपमा चिरन शर्मालाई प्रवेश गराएका थिए ।

 

गत अक्टोबरदेखि नै मिडियाको जिम्मेवारीमा बस्न सबै प्रयास गर्दा पनि असफल भएका शर्मा करीब ८ महिनाको प्रयासपछि ग्रुपमा प्रवेश गर्न सफल भएका हुन् । सूचना तथा संचार समूहको ग्रुपमा प्रवेश पाउने बित्तिकै उनले आफ्नो सहोदर दाजु तथा संघका महासचिव हेमराज शर्मालाई ग्रुपमा जोडेका थिए । त्यसपछि उनीहरुले आफ्ना निकटलाई जोडनेक्रम जारी छ । हाल सूचना तथा संचार समूहमा ३३ जना सदस्य रहेका छन् ।


विश्वविद्यालयमा अध्यापन गराउने सरल र शालिन सामाजिक छवि बनाएका डाक्टर हेमराज शर्मा महासचिवमा आएपछि चौतर्फी हस्तक्षेप बढिरहेको आरोप एनआरएनएमा लागिरहेको छ । महासचिव शर्माको हस्तक्षेपका पछिल्ला उदाहरण संघका पूर्वअध्यक्ष भट्टले भिजिट नेपाल २०२० को अध्यक्षबाट राजीनामा दिनु र मुख्य कार्यकारी अधिकृत हेमन्त दवाडीले राजीनामा दिनपूर्व आइइएसमा लेखेको लामो इमेल हुन्  ।

 

२०७६ असजमा महासचिवकाे उम्मेदवार बन्ने बेलामा हेमराज शर्माले गरेका प्रतिबद्धता निम्न रहेका छन् । उनले निर्वाचनकाे समयमा गरेका प्रतिबद्धता कति पूरा भए वा के भए पाठकहरू  स्वयम् ले मूल्यांकन गर्न सक्नु सक्नु हुन्छ । (पढ्नुस् शर्माका प्रतिबद्धता)

 

संघ बलियो भयो भने मात्र मातृभूमिका लागि केही गर्न सकिन्छ भन्ने विश्वासका साथ महासचिवको रुपमा संघलाई संस्थागतरुपमा बलियो बनाउने मेरो पहिलो प्राथमिकता हुनेछ । यसका लागि निम्न सात निर्देशक सिद्दान्त (मन्त्र)लाई आत्मसात् गर्दै काम गर्ने प्रतिबद्धता गर्दछु ।

१) सबैको एनआरएनए (NRNA for all)

२) सबल र बहुआयामिक एनआरएनए (Strong and multidimensional NRNA)

३) स्मार्ट एनआरएनए (Smart NRNA)

४) परिणाममुखी एनआरएनए (Result-oriented NRNA)

५) दीगो एनआरएनए (Sustainable NRNA)

६) सीप, ज्ञान र नवप्रवर्धनका लागि एनआरएन (NRNA for skill, knowledge and innovation)

७) उत्तरदायी र पारदर्शी एनआरएनए (Accountable and transparent NRNA)

 

प्रतिकृया दिनुहोस