🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अन्नपूर्ण महोत्सव भोलिदेखि

 

पोखरा, ९ पुस:  ‘पर्यटनका लागि सबै मौसम’ भन्ने मूल नाराका साथ अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजनामा यही पुस १० देखि १५ गतेसम्म दोस्रो चरणको अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव, २०७४ हुने भएको छ । 

अन्नपूर्ण गाउँपालिका कास्की र पर्यटन व्यवस्थापन उपसमिति छोम्रोङको व्यवस्थापनमा अन्नपूर्ण गाउँपालिका–११ स्थित छोम्रोङमा दोस्रो चरणको कार्यक्रम गर्न लागिएको महोत्सव मूल आयोजक समितिका संयोजक ललित गुरुङले जानकारी दिए । 

पहिलो चरणको कार्यक्रम अन्नपूर्ण गाउँपालिका–११ स्थित अन्नपूर्ण आधार शिविरमा असोज २५ गते सम्पन्न भइसकेको छ । पहिलो चरणको कार्यक्रममा अन्नपूर्ण हिमालका प्रथम आरोही मौरिस हर्गोजको शालिक शिलान्यास, विभिन्न जडीबुटी तथा परम्परागत होटलको नमूना एवं तस्वीरको प्रदर्शनीलगायत कार्यक्रम भएको थियो । 

दोस्रो चरणको कार्यक्रमअन्तर्गत तमु ल्होसारको उद्घाटन, स्थानीय कला शैली र परम्परागत संस्कृतिको झाँकी प्रदर्शनी, खुला महिला र पुरुष भलिबल तथा बास्केटबल प्रतियोगिता, बृहत् निःशुल्क स्वास्थ्य शिविर, घैँटो फुटाउने प्रतियोगितालगायत कार्यक्रम राखिएको अध्यक्ष गुरुङले जानकारी दिए । 

त्यस्तै अन्नपूर्ण क्षेत्रको पर्यटन व्यवसायमा महत्वपूर्ण योगदान पुर्याएका व्यवसायीलाई सम्मान, पर्यटनसम्बन्धी वृत्तचित्र प्रदर्शनी, सिर्जनशील कलाकार समूह पोखराको सहभागितामा कला कार्यशाला र चित्र प्रदर्शनीलगायत कार्यक्रम सञ्चालन गरिने महोत्सवका प्रचारप्रसार उपसमितिका संयोजक टंकराज अधिकारीले बताए ।