• बुधबार-बैशाख-१२-२०८१

गुनासाे सुन्न नेप्सेमा ‘हेल्प डेस्क’ स्थापना

 


काठमाडौँ, ३० वैशाख (रासस) : धितोपत्रको दोस्रो बजार कारोवारमा आउन सक्ने सम्भावित गुनासो समाधानका लागि नेपाल स्टक एक्सचेन्ज लिमिटेडले ‘हेल्प डेस्क’ स्थापना गरेको छ । धितोपत्र बोर्डमा यही वैशाख २६ गते भएको सरोकारवालाको बैठकमा लगानीकर्ताको गुनासा सुन्ने र समाधान गर्ने सम्बन्धमा हेल्प डेस्कको व्यवस्था गर्ने विषयमा सहमति भएको थियो । 

 

    कारोवारका क्रममा कुनै पनि समस्या वा गुनासा आएमा उक्त हेल्प डेस्कमा सम्पर्क गर्न सकिने स्टकका सहायक प्रवक्ता आकृति दङ्गालले जानकारी दिनुभयो । नेप्सेले कुनै समस्या भएमा टोल फ्री नम्बर १६६००१२५०२५ मा सम्पर्क गर्न पनि अनुरोध गरेको छ । 

 

लकडाउनका कारण बन्द भएको धितोपत्र बजार आजदेखि नियमित सञ्चालनमा आउँदै छ । सरकारले गत चैत ११ गतेदेखि कोरोनाको सङ्क्रमण बढ्न नदिन लकडाउन घोषणा गरेसँगै दोस्रो बजार बन्द भएको थियो । 

 

    नियामक निकाय नेपाल धितोपत्र बोर्डले मङ्गलबारदेखि शेयर बजार पुनः सञ्चालनमा ल्याउन नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएको थियो । बोर्डको उक्त निर्णयसँगै धितोपत्र बजार ५०औँ दिनमा खुल्न लागेको हो । दोस्रो बजार कारोवार तत्कालका लागि दैनिक दुई घण्टा (बिहान ११ः०० देखि १ः०० बजेसम्म) सञ्चालन हुनेछ । 
–––

प्रतिकृया दिनुहोस