• शुक्रबार-चैत-१६-२०८०

सीमा विवादमा अन्तरराष्ट्रिय क्षेत्रको ध्यानाकर्षणका लागि पहल गर्न राप्रपाको माग

 

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले वार्ताबाट समस्या समाधान गर्ने तथा नेपाली भूमिबाट आफ्ना सेना फिर्ता लैजानाको सट्टा भारतले लिम्पियाधुरा, कालपानी र लिपुलेक क्षेत्रमा एकपक्षीय ढंगबाट सडक बनाई  देखाएको मिचाहा प्रवृत्तिको भत्र्सना गरेको छ ।


     राप्रपाका त्रयअध्यक्ष प्रकाशचन्द्र लोहनी, पशुपतिशम्शेर जबरा र कमल थापाले आज संयुक्त विज्ञप्ति जारी गरी  तत्काल कूटनीतिक वार्ताका माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गर्दै भारत सरकारलाई पत्राचार गर्न नेपाल सरकारसँग आग्रह गर्नुभएको छ । 


उहाँहरुले यस विषयमा राष्ट्रिय सहमतिका आधारमा भावी रणनीति तयार गर्नका लागि सर्वदलीय बैठक अविलम्ब बोलाउन र  अन्तरराष्ट्रिय क्षेत्रको समेत ध्यानाकर्षणका लागि आवश्यक पहल गर्न नेपाल सरकारसँग अनुरोध गर्नुभएको छ ।
 

प्रतिकृया दिनुहोस