🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

प्रहरीअपराध महाशाखामा थापा काठमाडाैं परिसरमा ज्ञवाली

काठमाडौँ, १२ वैशाख (रासस)  : गृहमन्त्रालयले महानगरीय अपराध महाशाखाको प्रमुखमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापा र महानगरीय प्रहरी परिसर काठमाडौँको प्रमुखमा अर्का प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामलाल ज्ञवालीलाई जिम्मेवारी तोकेको छ ।

    उहाँहरुलाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले प्रमुखको जिम्मेवारी दिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनुभयो । यसअघि ज्ञवाली महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा हुनुहुन्थ्यो । थापा भने प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन शाखामा हुनुहुन्थ्यो ।

    परिसरका प्रमुख उत्तमराज सुवेदी र महाशाखाका प्रमुख सहकुलबहादुर थापा प्रहरी नायब महानिरीक्षकमा बढुवा भएपछि यहाँ प्रमुखको पद रिक्त थियो । हाल सुवेदी सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख हुनुहुन्छ भने थापा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख भएर जानुभएको छ ।
–––