🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

ईजीपी प्रणाली ह्याक प्रकरण निर्माण व्यवसायीसहित ९ जना पक्राउ

काठमाडौं । सार्वजनिक खरीद अनुगमन कार्यालय (पीपीएमओ) को विद्युतीय खरीद प्रणाली (ईजीपी)मा अनधिकृत पहुँच गरी ठेक्कासम्बन्धी विवरण हेरफेर गरेको आरोपमा ९ जना पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ‘क’ वर्गका निर्माण व्यवसायीसहित ३ जनालाई संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत पक्राउ गरेको हो । पक्राउ पर्नेमा कालिका कन्स्ट्रक्सनका अध्यक्ष विक्रम पाण्डे, भीषण कन्स्ट्रक्सनका सञ्चालक टंककुमार श्रेष्ठ र चपुर निर्माण सेवाका सञ्चालक अमृत बोहरा लगायत रहेका छन् ।

यसअघि ईजीपी प्रणाली ह्याक गरी ठेक्काका आर्थिक प्रस्तावसम्बन्धी कागजात हेरफेर गरेको आरोपमा ६ जना पनि पक्राउ परिसकेका छन् । उनीहरूलाई काठमाडौँसहित विभिन्न जिल्लाबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

अनुसन्धानका क्रममा ह्याकरहरूले बोलपत्रको आर्थिक प्रस्ताव खोल्नुअघि नै कागजात परिवर्तन गरी ठेक्का प्रभावित पार्ने कार्य गरेको पाइएको छ । घटनामा विद्युतीय कारोबार ऐन, २०६३ तथा संगठित अपराध निवारण ऐनअन्तर्गत अनुसन्धान भइरहेको छ ।

सरकारले सार्वजनिक खरीद प्रक्रिया पारदर्शी बनाउन ईजीपी प्रणाली लागू गरेको भए पनि पछिल्लो घटनाले यसको सुरक्षामाथि प्रश्न उठाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *