🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

गृहमन्त्री गुरुङमाथि छानविन गर्न उच्चस्तरीय समिति गठन गर्न एमालेको माग

काठमाडौं। नेकपा एमालेले विभिन्न विवादमा मुछिएका गृहमन्त्री सुधन गुरुङमाथि उच्च स्तरीय संयन्त्र गठन गरेर छानविन गर्न माग गरेको छ । एमालेका केन्द्रीय सदस्य एवं प्रेस संयोजक मीनबहादुर शाहीले २०८३ वैशाख ८ गते मंगलबार एक विज्ञप्ति जारी गर्दै गृहमन्त्रीको संलग्नता देखिएका सबै बिषयहरुको छानविनका लागि उच्च स्तरीय संयन्त्र गठन गरेर तत्काल अनुसन्धान प्रक्रिया अघि बढाउन माग गरेका हुन् ।

‘गृहमन्त्रीसँग सम्बन्धित विषयहरुमा निष्पक्ष र स्वतन्त्र अनुसन्धान प्रक्रिया अगाडि बढाउन नेकपा एमाले जोडदार माग गर्दछ । यसका लागि अनुसन्धानलाई कुनै पनि प्रकारको शक्ति वा प्रभावबाट मुक्त राखेर अघि बढाइनु पर्दछ ’ विज्ञप्तिमा भनिएको छ ‘गृहमन्त्रीको संलग्नता देखिएका सबै विषयहरुको छानविन गर्न उच्च स्तरीय संयन्त्र गठन गरी तत्काल अनुसन्धान प्रक्रिया सुरु गरियोस ।’

शाहीले जारी गरेको विज्ञप्तिमा गृहमन्त्रीले कुनै ढिलासुस्ती वा ढाकछोप नगरी अनुसन्धान प्रक्रियालाई सहज, निष्पक्ष र प्रभावरहित बनाउन तुरुन्त मार्ग प्रशस्त गर्न माग गरिएको छ । एमालेले आफ्नो पार्टीले सधैं विधिको शासन र सुशासनका आधारभूत मूल्य मान्यतालाई संस्थागत गर्न प्रेरित गरिरहने जनाएको छ ।

विधिको शासन सबै नागरिकका लागि समान रुपमा लागु हुने अपरिहार्य सिद्धान्त भएको एमालेले स्मरण गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *