🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बीस जुवाडे पक्राउ

गाईघाट, उदयपुर, ६  पुस (रासस) : प्रहरीले त्रियुगा नगरपालिका–६ स्थित जलजले बजारको दुई स्थानबाट जुवा खेलिरहेको अवस्थामा पुस ५ गते २० जना जुवाडेलाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार त्रिनपा–६ जलजले स्थित प्रेमबहादुर मगरको घरमा तास खेल्दै गरेको अवस्थामा रु ४७ हजार ४०० सहित सात र पुल्कित चौधरीको घरबाट रु १५ हजार ३०० सहित १३ जना जुवाडे पक्राउ परेका हुन् । 

त्रिनपा–६ जलजलेमा जुवाको खेला हुँदैछ भन्ने सूचनाका आधारमा गएको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाविरुद्ध अनुसन्धान भइरहेको र उनीहरुलाई जुवा ऐनअनुसार कारबाही गरिने प्रहरी निरीक्षक देवीप्रसाद फागोले बताए  ।