🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

स्वास्थ्य सामग्री आपूर्तिकर्ता ओम्नी समूहद्वारा चुनौती 

काठमाडौं । विश्व सहित नेपाल महामारीको चपेटामा परिरहेको अवस्थामा स्वास्थ सेवा विभागको तर्फवाट २०७६ चैत्र १२ गतेको गोरखापत्रमा प्रकासित सूचना अनुसार, सामान तथा उपकरणहरुको खरिद प्रकृयामा ओविसिआई (ओम्नी समूह जसले विगत ५ वर्षदेखि (Medical Equipment) आपूर्ति गर्दै आएको)लगायत अन्य आपूर्तिकर्ताहरुले आसय पेश गरेकोमा ओम्नी समूहले पेश गरेको आसय सबैभन्दा कम मूल्यको रहेको र तत्काल आवश्यक पर्ने सामान तथा उपकरणहरु छोटो समयमा आपूर्ति गर्ने प्रतिवद्धताको कारण संझौता गरिएको जनाउदै १७ बुँदे स्पष्टीकरण दिंदै कतिपय विषयमा आफ्नो कम्पनी ओम्नी समूहप्रति सार्वजनिकरुपमा खडा भएका प्रश्न र अफवाहको बारेमा पनि भनाइ सार्वजनिक गरेकाे छ  ।  

२०७६ चैत २७ गते प्रेस विज्ञप्ति जारी गर्दै ओम्नी समूहले भनेको छ-''एक दुई वटा सामानको दररेट सम्बन्धमा समाचारको माध्यमवाट फैलाईएको अफवाह वारे यही चैत्र १६ गते स्वयँ स्वास्थ्य सेवा विभागले आधिकारिक जानकारी गराई सकेको छ ।'' 

''यही चैत्र १६ गते कम्पनीले अत्यावश्यक सामान तथा उपकरणहरु तोकिएको समय भन्दा २४ घण्टा अगावै नेपाल वायुसेवाको जहाजमार्फत ल्याई सरकारलाई उपलब्ध गराउनसाथ संचार माध्यममा धेरै कोणबाट नकारात्मक समाचारहरु मात्र प्रकाशित भएका थिए । तर, २४ घण्टा पनि नबित्दै स्वास्थ सामग्री डेलिभरी दिएको सकारात्मक कामका सम्बन्धमा मिडिया जस नदिएर झुठो अफवाह फैलाएको'' आरोप ओम्नी समूहको रहेको छ ।   

आफ्नो  समूहले नै सप्लाई गरेका स्वास्थ्य सामग्री र इक्वीपमेण्टबाट नै आजभोलि सातै प्रदेश र देशब्यापी स्वास्थ्य परीक्षणको कार्य भइरहेको दावी पनि ओम्नी समूहको रहेको छ । 

ओम्नी समूहले भनेको छ–‘'हामीले यस विपत्को घडीमा आफ्नो स्वास्थ्य, परिवार तथा समाज नभनी जनताको स्वास्थ्यको लागि गरेको कार्यमा एकतर्फीरुपमा जिम्मेवार संचार माध्यमहरुवाट हामीमाथि जसरी आक्रमण भयो सोबाट हामीलाई दुखित मात्र बनाएको छैन, हाम्रो नागरिक हक समेत हनन भएको महसुस गरेका छौं । हामीमाथि निरन्तर प्रहार भइरहदा समेत परिस्थितिको गाम्भिर्यतालाई ध्यानमा राखि हामी तरँगित नभई धैर्यताका साथ  बसिरह्यौं । आज हामी देशको जिम्मेवार संचार जगतमार्फत यस सम्बन्धमा भएका सत्यतथ्यहरु आम जनसमुदाय, हाम्रा शुभेच्छुक, ब्यापारिक साझेदार तथा सरोकारवालाहरुलाई स्पष्ट पार्न चाहन्छौं ।'' 

१)    विपतकाे यस घडीमा देश, जनता तथा सरकारलाई सहयोग गर्ने मनसायले यस कार्यमा सहभागी भएको र यसमा कुनै वदनियत नरहेको, संचार माध्यमहरुवाट फैलाईएको भ्रष्ट्राचार भएको भन्ने अफवाहमा कुनै सत्यता नरहेको । हामी संधै देश र जनताप्रति समर्पित छौं र यस विपतको घडीमा एक असल नागरिकले खेल्नुपर्ने भूमिका प्रति हामी सजग तथा जानकार  छौं । 

२)    सम्माननीय प्रधानमंत्रीज्यू, उपप्रधान मँत्रीज्यू, अन्य माननीय मंत्रीज्यूहरु तथा सल्लाहकारहरु तथा अन्य पक्षहरुको यस संझौतामा कुनै सम्बन्ध नरहेको  स्पष्ट पार्न चाहन्छौ । 

३)    यस विषम परिस्थितिमा चीनमा कोरोनाको रोकथाम तथा नियन्त्रण सम्बन्धी सामान तथा उपकरणहरुको वजारमा मूल्य प्रत्येक दिन परिवर्तन भईरहेको र राम्रो अर्थतन्त्र भनिएका देशहरुले पनि खरिदमा होडवाजी चलिरहेको ।  

४)     नेपालवाट चीनमा गई उत्पादक, वितरकसंग सम्पर्क गरी मूल्य सम्बन्धमा वार्ता गर्ने अवस्था लकडाउनको कारण सम्भव नभएको । 

५)     हामीले यस कार्यमा नियमानुसार लिन सक्ने २० प्रतिशत अग्रिम रकम नलिएको । यदि हाम्रो नियतमा खोट भएको भए उक्त  रकम भुक्तानी लिई सामान आपूर्तिमा ढिलासुस्ती गर्ने थियाैं होला । 
६)    साथै आपूर्ति गरेको सामानहरुको समेत आजसम्म कुनै भुक्तानी नपाएको । 

७)    हामीले आपूर्ति गरेको सामान तथा उपकरणहरुको गुणस्तर सम्बन्धमा हामी पूर्णरुपमा सजग रहेको र उक्त सामान तथा उपकरणहरु युरोपियन  मापदण्ड (CE), , चाईनिज मापदण्ड(cFDA)  अनुसार भएको र चीन सरकारवाट मान्यता प्राप्त संस्थाहरुले उत्पादन गरेकोे ।  जसको सर्टिफिकेटहरु स्वास्थ्य सेवा विभागमा सामान तथा उपकरणको साथ साथ पेश गरेको ।

८)    यस कम्पनीवाट विभागमा पिपिई सेटको एक मुष्ट कोटेसन यूएस् डलर ४२.९८ (ढुवानी सहित) पेश गरेको र पछि छलफल हुदा सेट भित्रको ५ प्रकारका आईटमहरुको मूल्य अलग अलग छुट्याउने क्रममा N95 Mask  तथा  Goggles  को मूल्य केही बढी उल्लेख हुन गएको र Gown को मूल्य परल मूल्य भन्दा १६ डलर कम उल्लेख भई तलमाथि पर्न गएको ।

पेश गरेको रकम र संझौताको रकम ४२.९८ डलर फरक नभएको । सेट भित्रको अलग अलग सामानको दर युएस् डलरमा यस प्रकार रहेको Goggles  १७.९१,  Gown १५.९१, Glove ०.२०, N95 Mask ६.९७, Shoe Cover १.९९ रहेको ।  संचार माध्यमवाट Goggles  र थर्मोमिटरको मूल्य बढी भएको भनि समाचार आए पछि उक्त सामान हामीले चीनमा खरिद गरिसकेको अवस्थामा समेत प्रथम लटमा आपूर्ति नगरेको ।  हामीले युरोपियन स्टाण्डर्डको थर्मोरमिटरको ६५ युएस डलर प्रस्ताव गरेको । PPE सेटको हवाई भाडा समेत कूल रु. ५२४४।( रहेको । 

९)    संचार माध्यममा आएको समाचार सम्बन्धमा छलफल गरी सत्यतथ्यको जानकारी गराउन कम्पनीले पटक पटक स्वास्थ्य सेवा विभागसंग सम्पर्क गर्न प्रयास गर्दा हाम्रो फोन नउठाएको र कार्यालयमा भेट समेत नदिएको । 

१०)    यस कम्पनीले यूएस् डलर १,५३,८५०।( (ने.रु.एक करोड छयासी लाख छ हजार मात्र) मा उपकरण ढुवानीको लागि नेपाल एयरलाईन्सको जहाज चार्टर गरेको र IATA  नियमको पूरा पालना गरिएको । चीन सरकार र Alibaba Foundation ले उपलब्ध गराएको अत्यावश्यक समानहरु कूटनैतिक सम्बन्धको ख्याल गरी हामीले चार्टर गरेको जहाजमा ल्याएको । हवाई भाडा प्रति के.जी. करिव यूएस् डलर १६ परेको ।

११)    सझौता बमोजिम प्रथम लटमा उपलब्ध गराउन पर्ने सामानहरु जहाजको क्षमता  (१२५ सिभिएम्) भित्र कम्पनीको सामान तथा  समान तोकिएको मिति अगावै आपूर्ति गरी दोश्रो लट र पहिलो लटको बाँकी समानहरु संझौता बमोजिम अप्रिल २ तारिखमा ढुवानी गर्न जहाजको लागि नेपाल वायुसेवासंग समन्वय गर्दा ४ अप्रिल अगाडि जहाज उपलब्ध गराउन नसकिने जानकारी प्राप्त भएको र यस विषम परिस्थितिको जानकारी लिखितरुपमा विभागमा गराउदा समेत एकतर्फीरुपमा संझौताको प्रावधान विपरीत संझौता भंग गरेको ।

१२)    ओम्नी समूह विगत २४ वर्षदेखि ब्यवसाय गर्दै आएको छ । यस गु्रपले १०० जाना भन्दा बढीलाई प्रत्यक्ष रोजगारी उपलब्ध गराएको छ । वार्षिक करोडौ रुपैया कर वापत सरकारलाई भुक्तानी गर्दै आएको छ ।

१३)    यो कम्पनी,  कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भई मुख्यरुपमा  सूचना प्रविधि तथा GeneralTrading  सम्बन्धी क्षेत्रमा कार्य गर्दै आएको साथै विगत ५ वर्षदेखि Medical Equipments तथा Accessories   हरु आयात तथा विक्री वितरण र सो को सेवा दिंदै आएको छ । नेपालको प्राय सबै ठूला अस्पतालहरुमा Critical Care सम्बन्धी उपकरणहरु यस कम्पनीले उपलब्ध गराएको छ । जस्तै टिचिङ्ग अस्पताल, वरी अस्पताल, प्रसुती गृह, नेपाल मेडिसिटी, नोवेल मेडीकल कलेज, नर्भिक, ग्राण्डी  । 

१४)     भाटभटेनीको भवनको २ तल्ला हामीले भाडा लिएर कार्यालय संचालन गरेको । यस वाहेक अन्य सम्बन्ध नरहेको । 

१५)    यस विषम परिस्थितिमा सामान तथा उपकरणहरु सस्तो मूल्य दिनसक्छु भन्ने NRN को प्रतिनिधि र ब्यापारीहरु अहिले कहाँ छन् ?

देश विषय परिस्थितिवाट गुज्रिरहेको यस अवस्थामा सरकारलाई हामीले जस्तै सवै पक्षवाट सहयोग गर्नुपर्नेमा आम जनतालाई तरँंगितपारी धमिलो पानीमा आफ्नो स्वार्थ पूरागर्ने अभीष्टका साथ सरकार, सरकारी संयन्त्र तथा हामीलाई आक्रमण गर्दा कसलाई फाईदा भयो ?

१६)    हामी राष्ट्र र जनताको हितमा संधै लागि रहने प्रतिवद्धता दोर्याउन चाहन्छाैं । यस महामारीवाट पार पाउन हामी सबैले आफ्नो पक्षवाट सकारात्मक सोचका साथ अगाडि बढ्न आवश्यक रहेको र आम नागरिकलाई मानसिकरुपमा विक्षिप्त पार्ने गरी तथ्यहीन समाचार संप्रेषण नगर्न हाम्रो विनम्र अनुरोध छ । विशेष परिस्थितिमा भएको यस संझौतामा कतै कुनै कमि कमजोरीका कारण जनता तथा राष्ट्रलाई हानी नोक्सानी भएको प्रमाणित भएमा हामी त्यसलाई सच्याई आफ्नो दायित्व पूरा गर्न तत्पर रहेको आम जनसमुदायहरुमा जानकारी समेत गराउन चाहन्छौ । 

१७)    ''अन्तमा, राष्ट्र, सरकार तथाहामी माथि भएको गैह्रजिम्मेवार प्रहारप्रति हामी खेद प्रकट गर्दछौं । यस विषम घडीमा निहित स्वार्थ भएका केही तत्वहरुको जालोले चलाएको प्रपोगाण्डामा कुनै सत्यता नभएको दृढताका साथ स्पष्ट पार्न चाहन्छौ । यस विषम घडीमा विचलित तथा भ्रमित नहुन हामी हाम्रा सम्पूर्ण शुभेच्छुक, ब्यापारिक साझेदारहरु, सम्बन्धित संस्थाहरु, सेवाग्राहीहरु तथा आम जनसमुदायमा हार्दिक अनुरोध गर्दछाैं । देशको चौथो अंगको रुपमा रहेको आम संचार जगतवाट सत्य तथ्य सहित यथार्थपरक समाचार संप्रेषण हुनेमा हामी विश्वस्त छौं ।''