• मंगलबार-बैशाख-४-२०८१

पूर्वराजा ज्ञानेन्द्र शाहका ट्वीटहरु :

 

 

"१.यतिबेला आम नागरिकको स्वास्थ्य र आर्थिक अवस्थालाई राजनीतिको मुद्दा बनाइनु हुन्न । आवश्यक मेडिकल इक्विपमेन्ट र टेस्टकिट उपलब्ध गराउने जिम्मा सरकारको हो । मानवीय संवेदनामा खेलवाड गर्ने अधिकार कसैलाई हुन्न । संकटका बेला साथ उभिन नसक्ने सरकार र संयन्त्रलाई जनताले मूल्याङ्कन गर्नेछन् ।

२. संकटको यस घडीमा सरकार आफ्ना जनप्रतिनिधि वा अन्य विशिष्ट व्यक्तिका लागि भन्दा कोरोना संक्रमण बिरुद्धको लडाइँमा संभावित विरामीको सम्पर्कमा रहेर हरदम सेवा गर्ने डाक्टर, नर्स लगायत सबै स्वास्थ्यकर्मीलाई आवश्यक PPE सहित अन्य उपकरणहरु उपलब्ध गराएर मनोबल उच्च राख्न अग्रसर हुनुपर्दछ ।

 

३. मातृभूमिको अभिभारा चुकाउनु पर्ने संकटको यस घडीमा आम नागरिकको जीवन रक्षाको आडमा व्यक्तिगत र सीमित स्वजनको निहित स्वार्थ पूर्तिकालागि गरिने कुनै पनि काम दण्डयोग्य हुनेछन् । मातृभूमि र नागरिकप्रति अनुदार हुनु शासकीय गुणवत्ताको बर्खिलाफ हो, जसको मुल्यांकन नागरिक स्वयंले गर्नेछन् l

 

४. कोरोना संक्रमणको संकटले गर्दा देशमा कायम लकडाउनका कारण दैनिक ज्यालादारी मजदूर र लाखौंको संख्यामा रहेका गरिब नागरिकको दैनिकी निकै कठिन भएको छ । त्यस्ता नागरिकको दैनिक जीवन सहजिकरणका लागि सरकारले उपयुक्त आर्थिक प्याकेजका साथ राहत कार्यलाई शीघ्र अघि बढाउने छ भन्ने आशा लिएका छौं ।

 

५. आम नेपाली नागरिक देशभित्र सुरक्षित रहनु आवश्यक छ । नेपाल बाहिरबाट घर आउन चाहने नेपालीले देश प्रवेश गर्न पाउनु पर्छ । नागरिकप्रति सरकार अनुदार बन्न सक्दैन । आवश्यक चेकजाँच र उपयुक्त आइसोलेशनको सुविधा दिनु सरकारको दायित्व हो । आपतका बेला परिवारजनबाट अगल नगर्नु नै उत्तम हुनेछ ।"

प्रतिकृया दिनुहोस