• शुक्रबार-बैशाख-७-२०८१

सशस्त्र प्रहरीद्वारा दुई युवामाथि निर्घात कुटपिट !! ( भिडियो भाइरल)

 


काठमाडौँ, १७ चैत  : नेपाली सेनाका प्रधानसेनापति पूर्ण चन्द्र थापाले सुरक्षाकर्मीले  'बहादुरी होइन, बुद्धि र विवेक प्रयोग गर्नुस्' भनेर २०७६ चैत १६ गते आव्हान गरेको भोलिपल्टै  सप्तरी राजबिराज, बलान बिहुल गाउँ  पालिका  रामनगर कोकडकट्टीमा सशस्त्र प्रहरीको क्रुरतापूर्वक युवाहरुलाई कुटपिट गरेको भिडियो २०७६ चैत १७ सामाजिक संजालमा भाइरल भएको छ। 


सशस्त्र प्रहरी बलका कुनै कर्मचारीले निर्घात कुटपिट गरेको भिडियोमा ती युवाहरुले कुनै गल्ती गरेको पनि देखिंदैन। त्यो सुनसान स्थानमा ती  पीडित युवाहहरुले सानासाना झोलामा कुनै खाद्य सामग्री बोकेको अनुमान गर्न सकिन्छ।  ती कुटाई खाने युवाहरुले सरकारको निर्देशन वा ऐन कानून नियम  वा भनौ लकड़ाउन उल्लङ्घन गरेको भएतापनि सम्झाई बुझाई गाह्र पठाउनु पर्नेमा अमानवीय, जंगली व्यवहार गर्दै घोप्टो परिपारी किन कुटियो। 

 


ती युवाहरुले  'लकड़ाउनकि आदेश उल्लङ्घन गरेको आरोप हो भने पनि नियम अनुसार, प्रशासनले कारवाही गर्न सक्दथ्यो। फेरि देहात जस्तो स्थानमा जहाँ संचारको सुविधा पनि पुगेको छैन।  अनि हाम्रो जस्तो अशिक्षित मुलुकमा 'लकड़ाउन'को बारेमा सबै नेपाली सुसूचित र जानकार हुन्छन्  भन्ने पनि हुँदैन।  

 

सशस्त्र प्रहरीका जवानले युवामाथि गरेको निर्घात कुटपिटको बारेमा तत्काल छानबिन गरेर कारवाही  गर्नु पर्छ।  साथै  समयानुकूल र  सही  प्रशिक्षण दिएर ड्युटीमा नखटाउने  सम्बन्धित इकाइको इन्चार्जलाई समेत कारवाही को भागीदार बनाउनु पर्छ। तत्काल कारवाही नगरिएमा सशस्त्र प्राहरी बलको बदनाम हुनेछ। 
 

प्रतिकृया दिनुहोस