• मंगलबार-बैशाख-११-२०८१

नेपाल र भारतका हिन्दूवादी किन हौंसिदैछन् 

 

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरससँग जुध्न २२ मार्च २०२० को दिनलाई ‘जनता कफ्र्यु’ को घोषणा गरे । झ्याल र घरको छतमा रहेर थाल ठटाएर कोरोना भाइरस सम्बन्धी चेतना जगाउन यसो गर्नु उत्तम उपाय हो भन्ने गरेका छन् । अहिले विश्वकै ध्यान कोरोना महामारीको प्रभाव र संक्रमण निषेध गर्ने दिशामा केन्द्रित हुन गएको छ ।

 

त्यसैकारण भारतले २०७६ चैत्र २ गते भिडियो कन्फरेन्समार्फत सार्क राष्ट्रहरुबीच महामारीसँग जुध्न साझा नीतिको माग राखेको थियो । तर, पाकिस्तानले भने त्यसो गर्न काश्मिरभित्रको सञ्चार माध्यमलगायत अन्य प्रतिबन्ध हटाउनुपर्ने शर्त अघि सार्न पुग्यो । सन् २०१६ नोभेम्बरमै हुनुपर्ने सार्क नियमित सम्मेलन आजसम्मै हुन सकेको छैन । भाजपा सरकारले पाकिस्तान इस्लामिक उग्रवादप्रति उदार रहेको भन्दै सार्क बैठकलाई पछि सार्दै ल्याएको छ ।


भाजपा सत्ताको विरुद्ध कांग्रेसको समर्थनमा मुस्लिम समुदायले नागरिकता (संशोधित) बिलको विरुद्ध धर्ना जुलुस प्रदर्शन गर्दै आएका छन् । 


त्यो विरोध प्रदर्शन मुस्लिम बाहुल र अन्य राज्यहरुमा पनि फैंलिदै गएको थियो । अहिले कोरोना सरुवा रोगको महामारीको आतंक फैलिन थालेपछि विरोध प्रदर्शन मत्थर हुन पुगेको छ । नत्र भारतभरी हिन्दू–मुस्लिम साम्प्रदायिक हुलदंगा हुनसक्ने स्थिति बन्दै गएको थियो ।

 

भारतमा हिन्दू राष्ट्रवादको विरुद्धमा कांग्रेस, वामपन्थी र मुस्लिम कट्टरपन्थीहरु लागिपरेका छन् । तिनको समर्थन केही मुस्लिम देशहरु इरान, इन्डोनेसिया, टर्की, मलेसिया र पाकिस्तानहरुले गर्दै आएको भन्ने गरेको छ । त्यसो गर्न पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफ्नो परराष्ट्र मन्त्रालय अन्तर्गत एउटा विशेष कूटनैतिक निकाय (डेस्क) नै गठन गरेको बताइन्छ । इस्लामवाद र नयाँ दिल्लीको कूटनैतिक लडाई धेरै पुरानो हो । त्यो अहिले झन् चर्केर गएको छ । 

 


 भाजपाले पाकिस्तान र भारतीय राष्ट्रिय कांग्रेसले ‘हिन्दुत्व मास्न’ र भारतको विखण्डन गर्ने खतरनाक कूटनीति र राजनीति खेल्ने गरेको आरोप लगाउँदै आएको छ । भारतमा २० करोड भन्दा बेसी मुसलमान रहेको दाबी मुस्लिम पक्षले गर्दै आएको र त्यो विश्वको सबैभन्दा बढी मुस्लिम बहुमत रहेको इन्डोनेसियापछि दोस्रो मुस्लिम जनसंख्या हो ।

 

यसैबीचमा मध्यप्रदेशका कांग्रेस नेता ज्योतिरादित्य सिन्धिया (महाराज) लगायत २० जना सांसदसहितले कांग्रेस परित्याग गरेपछि महाराष्ट्र राज्यको कांग्रेसका मुख्यमन्त्री कमलनाथको सरकार पतन हुने भएको छ । उता महाराष्ट्रमा त्यस्तै राजनैतिक दलबदल र गठबन्धन तोड्ने संकट देखापर्न थालेको छ । त्यहाँ शिवसेना र कांग्रेसबीचको गठबन्धन सरकार छ । यस अघि शिवसेना भाजपाको भातृ पार्टी मान्ने गरिन्थ्यो । 

 


नेपालका हिन्दूवादी पनि हौसिदै 


नेपालमा पनि राप्रपा पार्टी एकीकरण भएको छ । राजसंस्थासहितको धर्मसापेक्ष हिन्दू राष्ट्र र संघीयताविरुद्धमा शान्तिपूर्वक सडक आन्दोलन गर्ने उद्घोष गर्ने गरेता पनि कोरोना महामारीकै कारण ती आन्दोलनका कार्यक्रम हालको लागि स्थगन भएको देखिएको छ । राप्रपाकै तीन अध्यक्ष मध्येका कमल थापाले एमसीसी समर्थन गर्नु र ब्रिटेन र अमेरिकाले पहिलेदेखि नै नेपालका संभ्रान्त परिवार (एलिट) लाई वैकल्पिक शक्तिको रुप्मा हेर्दै आएको प्रसंगमा अर्का अध्यक्ष पशुपति शमशेर जबरा पनि हौंसिदै जानु स्वभाविकै हो । 

 


 त्यस्तै अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले पनि शुरुदेखि नै राष्ट्रिय एकताको प्रतीकको रुपमा राजसंस्था र हिन्दू राष्ट्र नेपालको प्रसंगमा अनिवार्य रहेको भन्दै आएको छ । यही शर्तमा पार्टी एकीकरण भएको मानिन्छ । तीन अध्यक्षको संयुक्त नेतृत्वमा ‘हिन्दू राष्ट्र’को लागि रँष्ट्रिय राजनैतिक आन्दोलन शुरुवात हुने दावी गरिएको छ । भारतमै भाजापाको हिन्दू राष्ट्रवादविरुद्ध मुसलमान समुदाय र भारतीय कांग्रेस कम्मर कसेर उठ्न थालेपछि नेपालमा पनि हिन्दू राष्ट्र र धर्म निरपेक्षवादीबीच राजनैतिक धुव्रीकरण हुने सम्भावना बढेर गएको छ । 

प्रतिकृया दिनुहोस