• शुक्रबार-बैशाख-७-२०८१

न्यायाधीशले पूर्व श्रीमान्लाई फसाएपछि...

 

मानिसका आफन्तहरु अरुको प्रगति देखेर डाह गर्ने गर्दछन् भन्ने भनाई छ । यस्तै भनाई चरितार्थ भएको छ एकजना फ्रान्सेली नागरिकमाथि । एकजना महिलाले आफ्नै पूर्व श्रीमान्माथि यस्तो धोखाधडी गरिन् जसका कारण उनका श्रीमान्लाई १० वर्ष र करिब दुई करोड रुपैयाँभन्दा बढीको जरिवाना हुन सक्छ । खबरका अनुसार, फ्रान्सको एउटा अदालतमा न्यायाधीश भइसकेकी ५८ वर्षीय एकजना महिलाले पूर्व श्रीमान्सँग पुनः विवाह गरेको कागज बनाएकी थिइन्, जसका बारेमा उनको पूर्व श्रीमान्लाई जानकारी थिएन ।

 

न्यायाधीश भएका कारण कानूनको गलत फाइदा उठाउँदै उनले धोखाधडी गरेकी थिइन । ती श्रीमान्ले आफ्नो प्रेमिकाका लागि ती महिलालाई छाडेका थिए । त्यसैको बदला लिनका लागि ती महिलाले यस्तो योजना बनाएकी थिइन । जब ती महिलाका पूर्व श्रीमान् आफ्नो प्रेमिकासँग विवाहको दर्ता गर्न अदालतमा पुगे, तब यो कुराको खुलासा भएको थियो ।

 

ती पीडित व्यक्तिले आफ्नो पूर्व श्रीमतीविरुद्ध मुद्दा पनि दायर गरेका छन् । अदालतले न्यायाधीश भइसकेकी ती महिलाले बनाएको कागजलाई अवैध ठहर गरेको छ र उनका पूर्व श्रीमान्लाई अर्काे विवाह गर्न बाटो खोलिदिएको छ । हाल ती न्यायाधीश भइसकेकी महिला र उनका साथीहरुलाई प्रहरीले हिरासतमा लिएको छ । 

प्रतिकृया दिनुहोस