🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

आरजू म्याम सुटुक्क किन पुगिन् दिल्ली ? 

काठमाडौं । वाम गठबन्धनका अगाडि कांग्रेसका उम्मेदवार निरीह हुने अनुमानबीच प्रधानमन्त्री शेरबहादुर देउवाकी शक्तिशाली पत्नी आरजू राणा देउवाले जित्ने विश्वास व्यक्त गरेकी थिइन् । आफ्नो जितमा पूर्णरुपमा विश्वस्त देखिएकी उनले आफूलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गर्दै मत मागे पनि उनको भागमा अन्ततः उही पराजय नै प¥यो । चुनावी हारपछि विक्षिप्तप्रायः बनेकी तिनै आरजू धनगढी, महेन्द्रनगर र बनवासा हुँदै सुटुक्क भारतको नयाँ दिल्ली पुगेर फर्केको खबर छ । 

स्रोतका अनुसार, ०७४ मंसिर २३ गते आरजू धनगढीबाट वनवासा हँुदै नयाँ दिल्ली पुगेकी हुन् । एमालेका नारदमुनि रानासंग फराकिलो मतान्तरमा पराजित भएकी आरजू हारको पीडा सहन नसकेर हो या अरु कुनै कारणले त्यता लागिन् ? अहिलेसम्म तथ्य सतहमा आउन सकेको छैन ।  

प्रधानमन्त्री पत्नी ‘फस्टलेडी’ राज्यलाई बिना जानकारी अर्को मुलुकको भ्रमणमा जानुलाई कूटनीतिमा नाजायज मानिन्छ । आरजू कूटनीतिक मर्यादालाई कुल्चेर सुटुक्क नयाँ दिल्ली पुगेपछि कूटनीतिक वृत्तमा त आलोचना भइरहेको छ । उता, कांग्रेसभित्र र बाहिर आरजू नयाँ दिल्ली पुग्नुको रहस्यबारे समेत उत्तिकै चर्चा र खोजीनीति भइरहेको छ ।

 स्रोतका अनुसार, गुपचुप नयाँ दिल्ली पुगेकी आरजू नयाँ दिल्लीबाट ०७४ मंसिर २९ गते काठमाडौं फर्किएर पुस २ गते धनगढी पुगेको खबर छ । 
(साँघु साप्ताहिक २०७४ पुस ३ गतेबाट)