🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

विषालु सर्पको विष झार्ने पूर्व सैनिक

नवलपरासी, ४ पुस : यहाँका एक सामान्य व्यक्ति विषालु सर्पले डसेका बिरामीलाई घरेलु पद्धतिबाट सफल उपचार सेवा प्रदान गर्दै आएका  छन्  । नवलपरासी (बर्दघाट सुस्तापूर्व) गैँडाकोट–१३ सिखरौली निवासी डम्बरबहादुर थापा सर्पदंशित बिरामीलाई घरेलु उपचार पद्धतिबाट निको पार्दै यहाँ चर्चित बनेका छन्  । थापा भारतीय सेनाका पूर्व कर्मचारीसमेत हुन । 

विसं २०५४ देखि आफ्नै घरमा सो सेवा दिँदै आउनुभएका थापाले हालसम्म सर्पले डसेका करिब २०० भन्दा बढी बिरामीलाई कुशलतापूर्वक सफल उपचार सेवा दिइसकेका छन्  । भारतीय सेनामा रहँदा चिकित्सा तालीम र आयुर्वेदमा उपवैद्य तालीम लिई प्राप्त ज्ञानलाई आफूले उपयोग गरेको थापाको भनाइ छ । 

सेवा प्रदान गर्दै आएका थापाको भनाइ छ । विषालु सर्पले लिन लागेको जीवन निःशुल्क रुपमा बचाउँदा आफूलाई आनन्दको महसुस हुने ६३ वर्षीय थापाको भनाइ छ । 

सामान्य घरेलु उपचार पद्धतिबाट हालसम्म आफूसँग आएका सबै बिरामीलाई सफल उपचार गराउँदै आएको थापाको जिकिर छ । 
आफ्नो कामबारे प्रचारप्रसार गरिदिन राष्ट्रिय समाचार समिति (रासस) जिल्ला सम्पर्क कार्यालय नवलपरासी आइपुगेका थापाले यसबारे सबैलाई जानकारी प्रदान गरी सहयोग गर्न आग्रह गरेका छन्  । 

थापाको मोबाइल नं ९८०४४९१९४१ छ । आफ्नो यस प्रकारको सीपबारे नेपाल सरकारलाई समेत अवगत हुनुपर्ने थापाको तर्क छ । “आजसम्म विषालु सर्पले टोकेर  मकहाँ आएका सबै बिरामीलाई मैले शतप्रतिशत निको बनाएको छु”, थापाले  दाबी गरे । 
–––