• शुक्रबार-बैशाख-७-२०८१

प्रभु बैंकको सामाजिक उत्तरदायित्व सञ्चालन 

 


काठमाण्डौं । प्रभु बैंक लिमिटेड र काठमाण्डौ महानगरपालिका बिच २०७६ चैत ४ गते काठमाण्डौ महानगरपालिकाको जमल तथा रत्नपार्क–बागबजारस्थित आकाशे पुलमुनिको ट्राफिक आइल्याण्ड रतिनधारा संस्कृत पाठाशाला अगाडिको ट्राफिक आइल्याण्डमा हरियाली बगैंचा र फाउण्टेन निर्माण गर्ने, मर्मत संहार गर्ने÷रेखदेख गर्ने सो को संचालन तथा शहरी सौन्दर्यीकरण कामका लागि सम्मmौता पत्रमा हस्ताक्षर भएको छ ।

 

काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको समुपस्थितिमा प्रभु बैंककातर्फबाट प्रमुखकार्यकारी अधिकृत अशोक शेरचन तथा काठमाण्डौ महानगरपालिकाका तर्फबाट सहसचिब राजेश्वर ज्ञवालीले उक्त सम्झौतापत्रमा २०७६ चैत ०४ का दिनएक समारोहका बिच हस्ताक्षर  गरेका छन् ।


नेपाल भरिमा २०८शाखा संजाल, ४६ एक्सटेन्सन काउन्टर, १७ शाखा रहितबैंकिङ्गसेवातथा १५८ एटियम (ATM outlet) रहेको प्रभु बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्य गर्न लागेको बैंकले बताएको छ ।  


 

प्रतिकृया दिनुहोस