🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

२९ लाख ४० हजार ४० मत ल्याएर एमाले अगाडि

काठमाडौँ, २९ मंसिर (रासस) : पहिलो र दोस्रो चरणमा मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको हालसम्मको मतगणनामा ८३ हजार मतको अन्तरले नेकपा (एमाले)को अग्रता कायमै रहेको छ । 

निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट आज बिहान ६ बजे प्राप्त जानकारीअनुसार, नेकपा (एमाले)ले २९ लाख ४० हजार ४०, नेपाली काँग्रेसले २८ लाख ५७ हजार, नेकपा (माओवादी केन्द्र) ले ११ लाख ८२ हजार तथा संघीय समाजवादी फोरम नेपालले चार लाख १५ हजार मत प्राप्त गरेका छन् । 

राष्ट्रिय जनता पार्टी नेपालले तीन लाख ७७ हजार, विवेकशील साझा पार्टीले एक लाख ९७ हजार र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख ८८ हजार मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । 
–––