• शुक्रबार-चैत-१६-२०८०

एनआईसी एशिया बैंकका ग्राहकलाई सोनी ब्राभिया टेलिभिजन खरिदमा विशेष छुट 

काठमाडौँ । एनआईसी एशिया बैंकका ग्राहकले  सोनी ब्राभिया टेलिभिजन खरिदमा विशेष छुट पाउने भएका छन्।

एनआईसी एशिया बैंक लिमिटेड र नेपा हिमा ट्रेड लिंक प्रा.लि. बीच यस बैंकका ग्राहकहरूलाई सोनीका आउटलेटहरू तथा केही आधिकारिक विक्रेताहरूबाट सोनी ब्राभिया टेलिभिजनको खरिदमा छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र कम्पनीका तर्फबाट कार्यकारी निर्देशक राजेश तुलाधरले हस्ताक्षर गरेका छन्  ।

 

उक्त सम्झौता अनुसार यस बैंकका ग्राहकहरूले बैंकको डेबिट÷क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग सेवा बैंकको आफ्नै POS / QR Code    प्रयोग गरि Sony Bravia  का उपरोक्त उल्लेखित मोडलहरूको टेलिभिजन खरिद गर्दा प्रत्येक खरिदमा १०% वा अधिकतम रू. २,००० सम्म छुट प्राप्त गर्न सकिनेछ । यो योजना २०७६ फागुन १२ गतेदेखि २९ गतेसम्म लागू हुनेछ । बैंकका ग्राहकहरूको अधिकतम लाभका लागि यो योजना ल्याइएको हो । 

प्रतिकृया दिनुहोस