🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

  वागमतीमा दुई पक्षका वकिलहरूवीच भिडन्त 

काठमाडौँ । नेपाल कानून व्यवसायी परिषद पार्षदको निर्वाचन भोलि २०७६ माघ २५ गते शनिबार हुँदैछ । सातै प्रदेशमा पार्षद छान्नका लागि परिषदले निर्वाचन गर्न लागेको हो ।

परिषदको बाग्मती प्रदेश पार्षद एउटा पद लागि  बृहत् प्रगतिशील पेशागत तथा समावेसी समूहको तर्फका उम्मेदवार वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली र बृहत् लोकतान्त्रिक कानून व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता तथा प्राध्यापक गुणनिधि न्यौपानेले उम्मेदवारी दिएका छन् । वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली निरन्तर वकालत पेशामा लागेका कानून व्यवसायीबीच सुपरिचित व्यक्तित्व  मानिन्छन् । 

वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली संवैधानिक कानून र संघीयता सम्बन्धी विषयका ज्ञाता पनि मानिन्छन् । वरिष्ठ अधिवक्ता ज्ञवालीका संविधान र कानून सम्बन्धी एक दर्जन कितावहरु समेत प्रकाशिच भएका छन् ।  वरिष्ठ अधिवक्ता डा. ज्ञवालीद्वारा लिखित पुस्तक पिपुल्स स्वभर्निटी त अन्तर्राष्ट्रिय क्षेत्रमा समेत चर्चित रहेको छ ।

यो पुस्तक विश्वका कतिपय कलेजहरुमा समेत पढाई हुने गरेको छ । वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली कानून व्यवसायीहरुवीच घुलमिल हुन सक्ने, मिलनसार स्वभावका भएकाले यिनको पल्ला भारी रहेको चर्चा कानूनी व्यवसायीहरु बीच रहेको छ । 

बृहत् लोकतान्त्रिक कानून व्यवसायी समूहका वरिष्ठ अधिवक्ता तथा प्राध्यापक न्यौपाने नेपालले  कानून व्यवसायी परिषदलाई नवीनतम् ढंगले अगाडि बढाउने प्रतिवद्धतासहित उम्मेदवारी घोषणा गरेर अघि बढेका  छन् ।

‘२५ वर्षको बार काउन्सिल ६ महिनाको बच्चाको अवस्थामा छ, सर्वोच्च अदालतका अधिवक्ता, वरिष्ठ अधिवक्तालगायतलाई लाइसेन्स दिनअधिकार त लियो, तर त्योभन्दा बढी केहीगर्न सकेजस्तो मलाई लाग्दैन,’ न्यौपानले भने, ‘प्राक्टिकल प्राक्टिसका आधारमा परीक्षा लिने र काउन्सिलको कार्यशैलीलाई नयाँ ढंगले अघि बढाउन पहलगर्ने उद्देश्यले नै उम्मेदवारी दिएको हुँ ।’

अदालतले लिने परीक्षा र कानून अध्ययन अध्यापन हुने कलेजले लिने परीक्षालाई गुणस्तरीय र प्रभावकारी बनाउन पहल गर्ने बताउँदै न्यौपानेले नेपालमा कानूनी शिक्षाको अवस्थालाई अध्ययन गरी अझै समयसापेक्ष सुधार गर्न पहलगर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

न्यौपानेका १६ वटा एजेण्डा !

  बृहत लोकतान्त्रिक कानून व्यवसायी समूहका उम्मेदवार वरिष्ठ अधिवक्ता तथा प्राध्यापक न्यौपानेले १६ वटा एजेण्डासहित उम्मेदवारी घोषणा गरेका छन् । उनले सबै विचार समूहका कानून व्यवसायी र युवा विद्यार्थीहरुसँग छलफल सम्पन्न गरेका छन् । वरिष्ठ अधिवक्ता तथा प्राध्यापक न्यौपाने कानून व्यवसायी भन्दा पनि प्राध्यापन क्षेत्रमा बढी परिचित रहेका छन् । 

‘नेपाल कानून व्यवसायी परिषदको ऐन २०५० लाई समयानुकूल संशोधनगर्ने, वरिष्ठ अधिवक्ताहरुको उपाधि परिषद समेतको सल्लाह र सिफारिशमा निश्चित मागदण्ड तोकेर प्रदान गर्न पहलगर्ने छु,’ भन्ने प्रतिबद्धता न्यौपानेले गरेका छन् ।

बागमती प्रदेशमा ७००० (सात हजार) कानून व्यवसायीले यी दुई मध्ये एकलाई मतदान गर्नुपर्ने छ । दुबै समूहले आआफ्नो जीतको दावी गरेका छन् । नेपाल वार एशोसियसनको नेतृत्व हाल प्रगतिशील पक्षले गरेको हु“दा वरिष्ठ अधिवक्ता तथा डाक्टर ज्ञवालीले बाजी मार्ने सम्भावना पनि छ ।