• शनिबार-बैशाख-८-२०८१

रिमझिम बजार र घोराही हस्पिटल रोडमा देव विकासको नयाँ शाखा

 

 

काठमाडौं । देवः विकास बैंक लिमिटेडको खजुरा गाउँपालिका, रिमझिम बजारमा सञ्चालित रिमझिम शाखा कार्यालयको मिति २०७६ माघ ०७ गते आयोजित एक कार्यक्रम बीच बैंक संचालक समितिका उपरथी बज्र गुरुङ्ग (अ.प्रा.)ले औपचारिक उद्घाटन गरे । कार्यक्रममा आफ्नो मन्तव्य राख्नु हुँदै अध्यक्ष बज्र गुरुङ्गज्यूले गुणस्तरिय सेवा विस्तारमा जोड दिंदै बैंकलाई कुमारी बैंक लि.सँग समाहित गरी अझ उत्कृष्ट सेवा प्रदान गर्न लागेको बताए । 

 


कार्यक्रममा देवः विकास बैंक लि.का संचालक श्री बिजय राज शर्मा भुषालज्यू, खजुरा गाउँपालिकाका वडा नं. २ का अध्यक्ष श्री देविलाल शर्माज्यू, रिमझिम बजार व्यवस्थापन समितिका अध्यक्ष श्री प्रमोद रेग्मीज्यूको समेत उपस्थिति थियो ।

 

 

यसै गरी घोराही उप महानगरपालिकाको हस्पिटल रोडमा संचालनमा ल्याएको नयाँ शाखा कार्यालयको मिति २०७६ माघ ०८ गते बैंक संचालक समितिका अध्यक्ष उपरथी बज्र गुरुङ्ग (अ.प्रा.) को सभापतित्वमा आयोजित समारोहमा  घोराही उप महानगरपालिका नगर प्रमुख नरुलाल चौधरीले समुद्घाटन गरे । कार्यक्रममा आप्mनो विशेष मन्तव्य राख्दै घोराही नगर क्षेत्रको बढ्दो आर्थिक गतिविधि, शहरीकरण र ग्राहकको माग बमोजिम एउटै बजार क्षेत्र भित्र दुई वटा शाखा संचालन गरेर आर्थिक गतिविधिलाई सहज बनाइ दिएको र बैंकले वित्तीय साक्षरता तथा पहँुचमा बृिद्ध हुने कार्यमा समेत जोड दिन आवश्यक रहेको बताए । 

 

 

कार्यक्रममा देवः विकास बैंक लि.का संचालक विजय राज शर्मा भुषाल, घोराही उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुषाल, नागरिक समाज दाङका अध्यक्ष चन्द्र राज पन्त, दाङ महिला जेसिस २०२० का अध्यक्ष जीवा भुषालले मन्तव्य राखेका थिए । 
 

प्रतिकृया दिनुहोस