• शुक्रबार-बैशाख-७-२०८१

कोरोना भाइरस संक्रमण– डर नमानौं

 

  काठमाडौँ, १२  माघ।  


-यो एक प्रकारको रुघा हो | कोरोना संक्रमण र रुघाखोकीका लक्षण उस्तै हुन्छन् |


- सर्ने माध्यम पनि रुघा सरेजस्तै हो | खोक्दा, छिउं गर्दा, सास फेर्दा, बिरामीका सामान प्रयोग गर्दा, बिरामीले छोएको ठाउँमा छुँदा, मासु राम्रोसंग नपकाएर खाँदा आदि |


- यो रोगको सजिलै पत्ता लाग्ने ल्याब टेस्ट छैन | ठूलो प्रयोगशालामा श्वासप्रश्वास नलीको स्वाब पठाउनुपर्छ |


- यसको कुनै उपचार छैन | ज्वरो, रुघा, खोकी, टाउको दुख्ने आदिको लाक्षणिक उपचार मात्र गर्ने हो | झोलिलो खाना खाएर अलग्गै कोठामा आराम गर्ने हो |
- यो रोगको खोप छैन |


- रोग बढेमा निमोनिया, श्वासप्रश्वास फेलर भएर बिरामीको मृत्यु हुन्छ |


- यो रोग लाग्दैमा मृत्यु हुँदैन | यसको मृत्यु दर २-३ % मात्र छ | बालबालिका, बृद्धबृद्धा, क्यान्सर \ एचआईभी \ मुटुरोग / मधुमेह लगायतका रोग लागेका व्यक्ति जोखिम समुहमा पर्दछन | त्यस्तै चिकित्सक तथा स्वास्थ्यकर्मी पनि जोखिम समुहमा पर्दछन |


- सकभर भिडभाडमा नजाने | जस्तै : अस्पताल / सपिंग मल / सिनेमा घर \ सार्वजनिक यातायात आदिमा |


- हामीले आम रुपमा लगाउने मास्क यो रोगमा काम लाग्दैन | N 95 मास्क राम्रोसंग लगाउँदा रोकथाममा उपयोगी हुन्छ |


- मुख्य कुरा त स्वास्थ्य प्रबर्धन हो | रोगसँग लड्ने क्षमता बढाउने हो भने डर मानुपर्दैन | सागसब्जी, फलफूल, दुध, दाल, गेडागुडी लगायतका स्वस्थकर खाना, नियमित शारीरिक अभ्यास तथा अन्य स्वस्थ जीवनशैली अपनाएमा रोगप्रतिरोधात्मक क्षमता बढ्छ |

प्रतिकृया दिनुहोस