🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कञ्चनपुरका तीनवटै क्षेत्रमा वाम गठबन्धनको अग्रता

भीमदत्तनगर, २२ मंसिर  : प्रारम्भिक मतगणनाअनुसार कञ्चनपुरमा वाम गठबन्धनका उम्मेदवारले अग्रता लिइरहेका छन् । 

क्षेत्र नं १ मा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का बिना मगरले एक हजार २३ र नेपाली काँग्रेसका दिवानसिंह विष्टले ३७७ मत प्राप्त गरेका छन्  । क्षेत्र नं २ मा वाम गठबन्धनबाट नेकपा (एमाले)का नरबहादुर धाँमीले एक हजार १६३ र काँग्रेसका उम्मेदवार नारायणप्रकाश साउँदले ८४७ मत प्राप्त गरेका छन्   । 

क्षेत्र नं ३ मा वाम गठबन्धनका डा दीपकप्रकाश भट्टले ९४७ र काँग्रेसका उम्मेदवार रमेश लेखकले ८९० मत प्राप्त गरेको    निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । हालसम्म प्राप्त जानकारीअनुसार यहाँका अधिकांश प्रदेशसभामा पनि वाम गठबन्धनकै उम्मेदवारले अग्रता लिएका छन् । (रासस)
–––