• बिहीबार-चैत-१५-२०८०

काँग्रेस संसदीय दलको बैठक शुक्रबार

 

 

काठमाडौं, माघ २ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलको बैठक शुक्रबार बस्ने भएको छ । काँग्रेसले पछिल्लो समय सभामुख चयनमा देखिएको विवादका कारण रोकिएको संसद्का बारेमा छलफल गर्न बैठक बोलाएको प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिनुभयो । 

 

 

“संसद् चल्न नसक्दा जनप्रतिनिधिले जनताको आवाजलाई संसद्मा राख्न नसकेकाले संसद् यथाश्रीघ चाँडो सञ्चालन गर्नका लागि प्रतिपक्षको भूमिकाबारे छलफल गर्न बैठक बोलाएका हौँ”, उहाँले भन्नुभयो । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका गतिशील हुन नसकेको उहाँको भनाइ छ । बैठक दिनको १ः३० बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने जनाइएको छ । 
 

प्रतिकृया दिनुहोस