🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नाट्टाको निर्वाचन : पन्त समूहको पल्लाभारी

काठमाडौं । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)को २०७६ माघ ३ मा हुने निर्वाचनमा तीन समूहले उम्मेदवारी दिएका छन् । संघको ५३ औं साधारण सभाबाट हुने केन्द्रीय कार्यसमितिको निर्वाचनमा अध्यक्षको लागि नेकपा निकट भीमप्रसाद पन्तको समूह चुनावी मैदानमा बलियो गरी खडा भएको छ । कांग्रेस निकट मिहिका राज्यलक्ष्मी शाह धाख्वा र अच्युत गुरागाईंको छुट्टाछुट्टै प्यानल बनेको छ । कांग्रेस निकट दुई समूह भएका कारण पनि पन्त समूहलाई थप सहज भएको छ । 

२०७६ पुस २४ सम्म उम्मेदवारी फिर्ता नलिएपछि अब तीनै समूह चुनावी मैदानमा भिड्ने निश्चित भएको छ । नेकपा निकट व्यावसायीबीचकै मनोमालिन्यका कारण विगतमा टानको चुनाव हार्न पुगेपछि त्यसबाट शिक्षा लिई अहिले पन्त समूहलाई एकमना एकताका साथ चुनावमा उतारेको छ । तर, कांग्रेसका भने शाह र गुरागाई २ प्यानल मैदानमा देखिएका छन् । 

पन्तको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा विनय बस्नेत, उपाध्यक्षमा वरुण मेहता, महासचिवमा सुधिरकुमार उपाध्याय पौडेल, सचिवमा जिस्वान तुलाधर श्रेष्ठ र कोषाध्यक्षमा हरिभक्त श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

सदस्यहरुमा पन्त समूहबाट सुवर्ण श्रेष्ठ, हरिकुमार श्रेष्ठ, बिष्णु कार्की, लक्ष्मी कार्की अधिकारी, डेन्डी शेर्पा, लक्ष्मी कार्की अधिकारी, चुडाबहादुर जिम्बा, गीता ढकाल रेजु र रामशोभित नायकले उम्मेदवारी दिएका छन् ।  

त्यस्तै शाहको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा नारायण प्रसाद गुरुङ, उपाध्यक्षमा रमेश थापा, महासचिवमा कमला गुरुङ, सचिवमा अमृत कुमार ढकाल र कोषाध्यक्षमा देवकी गुरुङ रहेका छन् ।

अच्युत गुरागाईको प्यानलबाट भने वरिष्ठ उपाध्यक्षमा हेमराज बास्तोला, उपाध्यक्षमा यज्ञमूर्ति आचार्य, महासचिवमा राकेश धमला, सचिवमा गोविन्द दाहाल र कोषध्यक्षमा कुमार थपलियाले उम्मेदवारी दर्ता गराएका छन् ।