वालिङ । गल्याङ नगरपालिका– ११ तुल्सीभञ्ज्याङ गाविस मतदान केन्द्रमा बिहीबार अपराह्न प्रहरीले एक राउण्ड हवाई फायर गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मतदानका क्रममा दलका प्रतिनिधिबीच भनाभन र झडपको स्थिति भएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गर्दा एक घण्टा मतदान प्रक्रिया स्थगन भई पुनः सञ्चालन भएको मतदान अधिकृत युक्तबहादुर बोगटीले जानकारी दिए ।
जिल्लाका अन्य मतदानस्थलमा पनि भनाभन तथा झैझगडाबाहेक मतदान शान्तिपूर्णरुपमा भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।



