🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

अवैध धन्दामा अध्यागमन

 काठमाडौं । लाखौं कमाइने र मस्तीको जीवन जीउन पाइने जस्त अनेक प्रलोभन दिएर दलालले विदेश जान राजी बनाएका निर्दोष गाउ“ले महिलाहरूलाई खुसुक्क खाडी मुलुकतिर उडाएर मर्नु न बा“च्नुको अवस्थामा पु¥याउने काममा अध्यागमनका कर्मचारीका निर्णायक हात रहने गरेको छ । उमेर नघर्किएका र राम्रा नेपाली युवती र महिलाहरू खाडीमा हातहातै लाखौंमा बेचिने गरेका तथ्य त बारम्बार सार्वजनिक भएकै छन् । उनीहरूलाई घरेलु कामदारका रुपमा खाडी राष्ट्रमा पठाउन कानूनले बन्देज गरेको छ । तर वैदेशिक रोजगारीका नाममा नेपाली महिलाहरूलाई बेचेर पैसा कमाउने व्यवसाय चलाइरहेका बिचौलिया, मेनपावर व्यवसायी, ट्राभल एजेन्सीहरूसंगको सा“ठगा“ठ र सेटि¨मा अध्यागमन कार्यालय एयरपोर्टका कर्मचारीहरू तथा एयरलाइन्सहरूको मिलोमतोमा यो धन्दा रोकिएको छैन । 
 एयरपोर्ट प्रहरी स्रँेतका अनुसार, हालै ओभर स्टे गरेकी उज्वेकिस्तानकी एक युवतीलाई ट्राभल एजेन्सीसंगको सा“ठगा“ठमा शुभलाभ लिएर सुटुक्क उडाउने कार्यमा समेत अध्यागमन कार्यालय एयरपोर्टका कर्मचारीको संलग्नता रहेकोमा शंका नमाने हुन्छ । त्यहा“ ८–१० वर्षदेखि ५–६ वर्षसम्म निरन्तर बसेर सबैतिर सा“ठगा“ठ गरी कानूनका छिद्रहरू खोजेर शुभलाभ हासिल गरी विदेश उडाइरहने कर्मचारीको संगठित जालो नै भएको गृह स्रोत बताउ“छ । उनीहरू निजामती सेवा नियमावली पालना गर्ने नाममा केही महिना मन्त्रालय वा अन्त बसेर लगत्तै फेरि एयरपोर्ट नै पुगेका छन् । अध्यागमनबाट हुने घुसखोरी, अनियमिततामा यिनै कर्मचारीहरूको भूमिका हुने गरेको छ । यसरी बर्षौं त्यहीं बसेका कतिपय कर्मचारीले त्यहा“ कार्यरत कर्मचारीहरूको ड्युटी खटाउने, बिदा मिलाउने र कुन बेला कुन डेस्कमा कसलाई ड्युटी राख्ने भनेर सेटि¨ गर्ने निर्णय गर्छन् । अनि उनीहरूले नै अवैध तरिकाले मानिस विदेश उडाउ“दा वा भित्र्याउ“दा नजानेको र प्रक्रिया नबुझेको कर्मचारीलाई खटाएर खुरुखुरु काम गराउने गरेका पनि त्यही“ बसेर फर्किएका एक कर्मचारी बताउ“छन् । 
नेपालमा भिसा नवीकरण नगरी बसेकी उज्वेक युवतीलाई उडाउने कार्यमा पनि अध्यागमनमा बर्षौंदेखि बसेर राम्रो कमाई गरेका पुराना कर्मचारीको हात रहेको बताइएको छ । उनीहरूले नै सोझी महिला अधिकृतको ड्युटी पारेर उज्वेक युवतीसंग ट्राभल एजेन्सीमार्फत घुस लिई उडाउने तारतम्य मिलाएका बुझिएको छ । यसरी गलत काम गर्दा आउने रकम अरुलाई बा“ड्नु पनि नपर्ने र समाइहालेमा पनि आफू नपरिने भएकाले पुराना र अध्यागमनका सबै छिद्रसंग परिचित कर्मचारीले यस्तो जाल थाप्ने गरेको स्रँेतको दावी छ । विमानस्थल अध्यागमनमा भएका कर्मचारीहरूमध्ये ३ वर्षभन्दा बढी बसेका वा १५ वर्षे सेवाअवधिमा ५ वर्षभन्दा बढी समय एयरपोर्टमै दरबन्दी बनाएका कर्मचारीलाई त्यहा“बाट सरुवा गरिदिने हो भने अवैध धन्दाको सेटि¨ र गलत कामहरू ६० प्रतिशतभन्दा बढी रोकिने गृह मन्त्रालयका एक उपसचिव बताउ“छन् ।