• शुक्रबार-बैशाख-१४-२०८१

गाजर खाऔं, स्तन क्यान्सरबाट बचौं 

 

 

वैज्ञानिकहरूले गाजर र सकरखण्ड खानाले क्यान्सर रोक्ने कुरा एक अनुसन्धानको मद्दतले निष्कर्श निकालेका छन् । यिनीहरूमा पाइने रेटिनाइट अम्लले क्यान्सरको रोकथाम गर्न सम्भव रहेको अनुसन्धानले देखाउँछ । यसको एसिडले क्यान्सर लाग्न जाने कोशिकाहरूलाई परिवर्तन गरी क्यान्सर रोग लाग्न दिँदैन । यो अम्ल वास्तविकतामा भिटामिन ‘ए’ बाट प्राप्त हुन्छ । यसका साथसाथै कोशिकाको विकास, फैलाव तथा जीवनलाई प्रभावित पार्ने यो रसायनले मानिसलाई युवा बनाइराख्न मद्दत गर्दछ ।

 

डेलीमेल एक्सप्रेस रिपोर्टका अनुसार, वैज्ञानिकहरू यस रसायनको मद्दतले क्यान्सर रोगको नयाँ उपचार खोज्न लागिपरेका छन् । मुख्य वैज्ञानिक फिलाडेल्फियाको फक्स केस क्यान्सर सेन्टरका डाक्टर सेन्डरा फर्नान्डिसका अनुसार क्यान्सर बढ्न गएमा रेटिनोइकको मार्फतबाट क्यान्सर रोगको कोशिकाहरूलाई बढ्न दिँदैन । 

प्रतिकृया दिनुहोस