• बिहीबार-बैशाख-१३-२०८१

प्रभुको नयाँ शाखा बरहथवामा

 

काठमाडौं । प्रभु बैंकले आफ्नो शाखा विस्तार गर्दै सर्लाहीको बरहथवा नगरपालिकाको वडा ७ मा आफ्नो नयाँ शाखा विस्तार गरेको छ । प्रभुको यो २०० औं शाखा हो । बैंकको बरहथवामा शाखा कार्यालयको उद्घाटन बरहथवा नगरपालिका नगरपालिका प्रमुख देवानन्द महतोले गरेका छन् । 


बैंकको बरहथवामाशाखाकार्यालयको समुद्घाटन गर्दै प्रमुख अतिथी देवानन्द महतोले प्रभु बैंकले आप्mनो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहजरुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको तथा प्रभु बैंकको यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउदै बैंकलाई सफलताको शुभकामना व्यतm गर्नुभयो ।

बैंकको बरहथवा शाखा कार्यालय समुद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
 

प्रतिकृया दिनुहोस