• शनिबार-बैशाख-८-२०८१

२९ गते बस्ने गरि नेकपा सचिवालय बैठक स्थगित 

 


काठमाडौँ, २७ मङ्सिर : नेताहरुको कार्यव्यस्तताका कारण सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको २०७६ मङ्सिर २७ गतेका लागि तय गरिएको बैठक स्थगित भएको छ । 

 

यही मङ्सिर २३ गतेको सचिवालय बैठकले उपनिर्वाचनको समीक्षा, सङ्गठन सुदृढीकरण तथा स्थायी कमिटीको बैठकको कार्यसूची तयलगायत विषयमा छलफल गर्न आजका लागि सचिवालय बैठक बोलाएको थियो ।

 


 नेकपाका केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालका अनुसार सचिवालयको बैठक शनिबार दिउँसो बस्नेछ । स्थायी कमिटीको बैठक यही मङ्सिर २९ गते ११ बजेका लागि तोकिएको छ ।  (रासस)

प्रतिकृया दिनुहोस