• शुक्रबार-बैशाख-१४-२०८१

‘अमेरिकासँग कैदी आदानप्रदान गर्न इरान तयार’


तेहरान, २३ मङ्सिर : इरानले अमेरिकासँग कैदी आदानप्रदान गर्न आफू तयार रहेको सोमबार जनाएको छ ।

 

इरानले कैदी साटासाट गर्न सहमति जनाएकोप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धन्यवाद ज्ञापन गर्नुभएको छ । उहाँले इरानको यो सहमतिलाई ‘धेरै सन्तोषजनक लचकता’ को संज्ञा दिनुभएको छ ।

 

सन् २०१६ देखि इरानमा रहेका चिनियाँमुलका अमेरिकी सियु वाङ र सन् २०१८ देखि अमेरिकामा रहेको इरानी मस्सौड सोलेइमानीलाई साटासाट गर्ने सहमति भएपछि इरानले यो सन्देश दिएको हो ।

 

“यो अहिले एउटा मात्रै साटासाट हो, अरु पनि साटासाट गर्न हामी तयार छौँ,” एक जना प्रवक्ता अलि राबैयाले भन्नुभयो ।

 

“कुनै सम्झौता र वार्ताबाट यस्ता समस्याको समाधान निकाल्न सकिन्छ,” उहाँले राज्यद्वारा सञ्चालित टेलिभिजनमा भन्नुभयो । (रासस÷एएफपी)


 

प्रतिकृया दिनुहोस