• शुक्रबार-बैशाख-७-२०८१

राष्ट्र बैंकले दुई अर्ब २६ करोडको ट्रेजरी बिल बिक्री गर्ने

 

काठमाडौँ, २२ मङ्सिर : नेपाल राष्ट्र बैंकले सोमबार रु दुई अर्ब २६ करोड बराबरको  ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

केन्द्रीय बैंकले बोलकबोल प्रक्रियाका माध्यमबाट उक्त परिमाणको  ट्रेजरी बिल बिक्री गर्न लागेको हो । कूल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको उक्त  ट्रेजरी बिल आगामी फागुन २७ गते परिपक्व हुनेछ ।

बैंकले यही मङ्सिर १६ गते पनि ९१ दिने अवधिको रु तीन अर्ब १३ करोड मूल्य बराबरको  ट्रेजरी बिल बिक्री गरेको थियो ।

प्रतिकृया दिनुहोस