🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अर्थात जेमन्त

शरदराज गौतम

स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा मतदाताहरूले देखाएको स्वफूर्तता

नेपाली राजनीतिमा कुण्ठाग्रस्त राजनीतिकर्मीहरूको एकाधिकार तोड्न पुग्दोछ ।

यतिखेर, नेपालको राजनीतिक इतिहासको यो खास कुइ“नेटो भएको छ ।

निक्कै लामो समयपछि नेपाली राजनीतिको असारे झरिमा फाटेको क्षितिज हो, यो ।

र, राजनीतिक परिवर्तनमा गणतन्त्रको पहिलो झुल्केघाम पनि ।

मेरो विचारमा, ‘नेपाल’ देशका भु“ई मान्छेहरू अविजित छन, यस मानेमा ।

चुनावमा को कति हारे, कसले कति गुमाए महत्वको छ“दैछैन ।

महत्व क्यै छ भने, मतदाताको स्वफूर्तता धकेलिएको आन्तरिक शक्ति ।

जस्को मापन कुनै राजनैतिक दल र राजनैतिककर्मीले गर्न भ्याएनन् ।

काठमाण्डौमा हुर्केको एउटा भु“ईफुट्टा पैसा कमाएको ढाडे वर्ग छ

जसलाई दोटा अनलाइन खबर पढेर र फेसबुकमा दोटा परपीडक प्रतिक्रिया दिएर

बुद्धिजीवी कहलिनु परेको छ ।

ती दिनरात देशको अखण्डता र आम मानिसको दरिद्रताको निन्दा गरेर खेती गर्दछन् ।

दूर दराजका मतदाताले ती सबैलाई यस पटक लोप्पा ख्वाई दिएका छन् ।

मलाई लाग्दछ, यो सगुन नै हो–गणतान्त्रिक संविधानको अनुमोदनको ।

राज्यका शक्ति, साधन र स्रोत माथि रजा“ई गर्नेहरू जहिल्यै

तुक्का र फु“दा निकालेर आवधिक निर्वाचनलाई गोलमाल गर्दछन ।

ती सबैलाई यो निर्वाचनले बलियो मुक्का हिर्काएको छ ।

आवधिक निर्वाचनलाई जस जसले कुदृष्टि लगाए

जस जसले भा“जो हाले,र जस जसले अपराध गरे

ती सबैले सिक्ने भनेकै निर्वाचनमा भु“ई मान्छेले देखाएको स्वफूर्तता ।

अब कसैले धोका भन्ने शब्द न निकालुन, कसैले बेइमान हुने नियत न देखाउन ।

र, कसैले जनताको नैसर्गिक हक बिस्थापन गर्ने अपराध पनि नगरुन ।

सिङ्गो असारको हिलोबाट बौरिएर आएको अभिमत हो ।

हिजो झरिमा चुनाव हुन नसक्ने भन्नेहरू

हिजो हिंसाको भरमा मतदाताको बललाई कमजोर बनाउ“छु भन्नेहरू

र, पैसाकाो भरमा चुनाव हात पार्छु भन्नेहरूलाई

आच्छुआच्छु पारेर दिइएको जवाव हो, अहिलेको चुनाब ।

त्यस अर्थमा भु“ई मान्छेको प्रजाबाट नागरिकमा रुपान्तरण भएको हो ।

र, यै शक्तिलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले चिनेको पनि हो ।

मेरो बिचारमा आजको मितिमा

 संविधान माथिको सबै अन्यौल, गञ्जागोल र अस्पष्टता चिरेको छ ।

कोइ पनि माथि छैनन, आजको गणतन्त्रमा ।

जो माथि छन, त्यै नै मतदाताको स्वफूर्तता हो ।

 भोट हाल्ने शक्ति ।

 त्यसै अर्थमा मतदाताको स्वफूर्तता स्तुत्य पनि छ ।

र, शिरोधार्य पनि ।

एकपटक हिलोमा गोडा चोपेर भु“ई छाम्नोस्

नेपाल रहनुको र नेपाली हुनुको कत्ति ठूलो सम्मान छ

 र, गर्व पनि ।