🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

उपनिर्वाचन २०७६ः ‘जनता नै न्यायाधीश-विद्या भट्टराई

चिप्लेढुङ्गा, ९  मङ्सिर (रासस) : कास्की क्षेत्र नं २ मा प्रतिनिधिसभा उम्मेदवार विद्या भट्टराईले विपक्षीले लगाएको आरोपको जवाफ जनमतले दिने बताउनुभएको छ । पोखरा १६ अर्मलामा भएको घरदैलोपछिको कोणसभामा भट्टराईले जनता नै न्यायाधीश भएकाले जनतालाई कमजोर सम्झेर भ्रम सिर्जना गर्न खोजिन्छ भने त्यसको मूल्य सम्बन्धित पक्षले नै व्यहोर्नुपर्ने जवाफ दिनुभयो ।

उहाँले दीर्घकालीन सोचका साथ नेकपाले काम गरिरहेको बताउनुभयो । “क्षणिक समयका लागि भन्दा पनि देशको दीर्घकालीन विकासका लागि निकै गृहकार्यका साथ काम भइरहेको छ । अबको केही समयमा नै ठूलो परिवर्तनको आभास पाउनुहुनेछ”, उहाँले भन्नुभयो । 

    कार्यक्रममा नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले पार्टीले विशेष चासो दिएर अर्मलाको विकासका योजना अघि बढाएको जानकारी दिँदै त्यहाँ बृहत् खानेपानी योजना अघि बढेको  बताउनुभयो । 
नेपाल ओलम्पिक कमिटीका सदस्य तेजबहादुर गुरुङले नेकपा विकासको संवाहक भएकाले कोही कसैले अनावश्यक फैलाएको भ्रमको पछाडि जनता नलाग्ने विश्वास व्यक्त गर्नुभयो । चुनावी अभियानमा स्थानीय तहका नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता  थियो । 

जनताको सेवक भएर काम गर्छुः केसी 

यही मङ्सिर १४ गते हुने उपनिर्वाचनमा साझा पार्टीबाट उम्मेदवार रजनी केसीले आफू शासक नभई जनताको सेवक बनेर काम गर्ने बताउनुभएको छ  ।  चुनावी घरदैलाको क्रममा पोखरा १६ मा आयोजित कोणसभामा उहाँले जनताका समस्या समाधान गर्न जनतासँगै हातेमालो गरेर सेवक बन्ने बताउनुभयो ।   

पार्टीका केन्द्रीय सदस्य विकल शेरचनले  ३० वर्षदेखि पालैपालो देशको नेतृत्व गरेका पार्टीले देशलाई केही नदिएको आरोप लगाउँदै वैकल्पिक शक्तिका रुपमा साझा पार्टीको उदय भएको जिकिर गर्नुभयोे । पार्टीका कास्की जिल्ला संयोजक अर्जुनप्रसाद खनालले थोरैभन्दा पनि थोरै खर्चमा चुनावको प्रचारप्रसार कार्यक्रम गरिने जिकिर गर्नुभयो । पार्टीले पोखरा १६ स्थित इञ्जिनीयरिङ क्याम्पस गेटसँगै जोगीमणि चोक र दीपमा चुनावी कोणसभा आयोजना गरेको थियो ।