🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्राधिकरणका इलेक्ट्रिकल हेल्पर घुसहित नियन्त्रणमा

काठमाडौँ, ५ मङ्सिर (रासस)  : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण कलैया वितरण शाखा बारामा कार्यरत इलेक्ट्रिकल हेल्पर (तह–२) राजदेव महतो कोइरीलाई रु नौ हजार घुसहित मङ्सिर ५ गते  नियन्त्रणमा लिएको छ । 

    नयाँ विद्युत् मिटर जडान गर्नका लागि सिफारिस गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको हेटौँडा कार्यालयबाट खटिएको टोलीले निजलाई सेवाग्राहीसँग रु नौ हजार घुस लिएको अवस्थामा नियन्त्रणमा लिएको हो ।

इलेक्ट्रिक हेल्पर कोइरीलाई कलैया उपमहानगरपालिका–३ स्थित चिया पसलबाट नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । 

    यस्तै आयोगले भन्सार शुल्क तिरेर भारतको वनबासाबाट मालसामान ल्याउने व्यापारीसँग घुस लिएको आरोपमा कञ्चनपुरको इलाका प्रहरी कार्यालय गड्डाचौकीमा कार्यरत प्रहरी जवान दीपक चौधरीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा आयोगबाट खटिएको टोलीले निजलाई रु पाँच हजार घुससहित रङ्गेहात नियन्त्रणमा लिएको थियो । 
–––