• शनिबार-बैशाख-८-२०८१

सडक पाइलटसँग अन्तरंग : पुलिसको जागिर छाडेर ड्राइभर भएँ : रामप्रसाद राई

 

(आफूले गरेको कामको पछुतो मान्नेले अगाडि गएर पनि सन्तुष्टि पाउँछ भन्ने छैन । त्यसैले त आफूले जे ग¥यो त्यसमै रमाउनु पर्छ भनिन्छ । तर महत्वाकांक्षीले कुनै असन्तोष नराखी अगाडि बढ्दैनन् । यसमा आपसी द्वन्द्व भए पनि लामो समयदेखि गाडीको स्टेयरिङ घुमाइरहेका रामप्रसाद राईलाई भने यसले फरक पार्दैन । उनी आफ्नो कामप्रति अडिक छन् । पुलिसको जागिर छाडेर उनी किन आए ड्राइभर बन्न ? यसभित्रको उनको अडान भने रोचकै छ । सरकारी जागिर छाडेर ड्राइभर बनेका खोटाङ दिक्तेलका ५१ वर्षीय बा ५ ख ३६२२ नम्बरको गाडीका चालक राईले सडक पाइलटसंगको अन्तरंगमा साँघु प्रतिनिधिसँग आफ्नो डायरी खोलेका छन् – सम्पादक)
 
० गाडीलाइनमा कहिलेदेखि हुुनुहुन्छ ? 
–२०५० सालदेखि लागेको हुँ । 


० ढोकामा बस्नु प¥यो कि ? 
–परेन । मैले सीधै ड्राइभरको सिटमा बसेर गाडी चलाएको हुँ । 


० त्यसअघि के गर्नुहुन्थ्यो ? 
–म पुलिसमा थिएँ । 


० पुलिसको जागिर छोड्नु भयो ? 
–हो । त्यतिबेला ६००÷७०० तलब थियो । त्यो पैसाले खानै नपुग्ने । एउटा कोठाभाडाको तीन सय लिन्थ्यो । कति बचाउनु । कति खानु । त्यसपछि झोंक चलेर पुलिसको जागिर छाडें । अनि गाडी चलाउन थालें । 


० अरु कुनै कारण त हैन नि ? 
–हैन । मेरो मन डुल्यो अनि छाडिदिएँ । 


० कति बर्ष गर्नुभयो पुलिसमा ? 
–१० वर्ष गरेर छोडें ।

 
० अझै ६ वर्ष गरेको भए त पेन्सन पाक्थ्यो नि हैन ? 
–एकदिन बस्न त गा¥हो भएका बेलामा ६ वर्ष धेरै भयो । 


० के के चलाउनु भयो त गाडी ? 
–मैले सुरुमा ट्याक्सी चलाएँ । त्यसपछि माइक्रो चलाएँ । हायस चलाएँ । त्यसपछि मिनि माइक्रो चलाएँ । त्यसपछि ट्रक चलाएँ । साना गाडी चलाएर हुँदैन भन्ने भएपछि ट्रक आफैले किनेर चलाएको थिएँ । तर घाटा भयो । त्यतिबेला वीरगञ्ज जाँदा चार दिन बन्द हुने । त्यसपछि नराम्ररी घाटामा गएँ । अनि बेचिदिएँ । मैले विक्रम ट्याम्पुबाहेक सबै चलाएको छु ।  


० अनि त्यसपछि कता लाग्नुभयो ? 
–म ट्रक बेचेर १० वर्ष साउदी अरेबिया गएर बसें । ट्रान्सपोर्ट लाइनमै थिएँ । ट्रेलर चलाएँ । साना गाडीहरू ट्रान्सपोर्ट गर्नुपर्दथ्यो । थरिथरिका गाडी चलाइयो । डेलिभरी दिनुपर्दथ्यो । विभिन्न बोर्डरमा पनि पुगेर दिइयो । साउदीमा सबै गाडी चलाएँ भन्दा भयो । 


० साउदीबाट फर्केर नि ? 
–यही साझा यातायात चलाइरहेको छु । तीन वर्ष जति भयो । 


० साना ठूला सबैजसो गाडी चलाउनु भएछ । सबैभन्दा सजिलो के लाग्ने ? 
–जब चलाउन आउँछ सबै सजिलो । आउँदैन गा¥हो । मेरा लागि असजिलो केही पनि छैन । 


० के रै’छ त जिन्दगी ? 
–यस्तै हो । जब राम्रो हो । अरु जस्तै लोकसेवा लडेर इत्यादि गरेर आउने हैन । एक ठाउँबाट निस्किए अर्को ठाउँमा काम पाइहालिन्छ । यो चाहिं सजिलो अरु सबै गा¥हो । जागिर सजिलो तर काम गा¥हो । 


० पुलिसको गाडी छाडेर कुनै पछुतो छ कि ? 
–छैन । हिजो पनि थिएन आज पनि छैन । थोरै कमाइले त बस्नै सकिँदैन नि । 


० स्टेयरिङमा हात गएपछि कत्तिको डर लाग्छ ? 
–स्टेयरिङ समाउन थालेपछि आफै हातले दायाँ बायाँ गर्छ गाडी । मन कमजोर हुने मान्छेले अब के हुने हो भन्ने सोच्ने हो । केही पनि हुँदैन । जो डराउँछ त्यो खतम हुन्छ । त्यसरी सोच्ने हो भने पाइलटले कसरी प्लेन हाँक्ला । 


० दुर्घटना भएको छ कि छैन ? 
–अलिअलि त भैहाल्छ नि । सियो बराबर गरेर हिँड्नु पर्छ । सानोतिनो दुर्घटना हुन्छ नै । 


० किन हुन्छ दुर्घटना ? 
–जानीजानी त ड्राइभरले गर्दैन । मान्छे किचाउने भन्ने हुँदैन । जानीजानी गर्दैन । तर गल्ती भने हुन्छ । जाँड रक्सी खाएर पनि हुन्छ । नखाई चलाउन नसक्ने केही ड्राइभर अहिले पनि छन् । तर गाँजा कन्ट्रोल भएको छैन । जेछु ठिकैछु भन्नेहरू छन् । अनि त्यो एडिक्सनबाट भाग्न सक्दैनन् । 


० सम्मान कत्तिको छ ? 
–सम्मान त छँदैछैन । पहिले थियो । अहिले छैन । पहिले गुरुजी भन्थे । अहिले खातेसम्म भन्छन् । 


० के छ भोलिको सोच ? 
–अब त सोच्ने टाइम सकियो । जे गरियो त्यही ठीक । 


० कति छन् सन्तान ?  
–एक छोरा, एक छोरी छन् । 


० उनीहरूमध्ये कोही यो लाइनमा आउलान् ? 
–अब मेरा सन्तान त यो लाइनमा आउँदैनन् । मै लाष्ट हो । उनीहरू पढ्दैछन् । 


० कस्तो छ यो लाइन ? 
–ठीक छैन । तागत छन्जेलमात्र ड्राइभर त्यसपछि रित्तै । 

प्रतिकृया दिनुहोस