• बिहीबार-बैशाख-१३-२०८१

मालपोतका नायबसुब्बा घुस लिएको आरोपमा पक्राउ

 


बनेपा, ५ मङ्सिर (रासस) : सेवाग्राहीसँग घुस लिएको आरोपमा मालपोत कार्यालय धुलिखेलका एक कर्मचारी पक्राउ परेका छन् । 

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग रु २० हजार घुस लिएको आरोपमा मालपोत कार्यालय राजश्व शाखामा कार्यरत नायबसुब्बा रोसकाजी जसपाउलाई मङ्सिर ४ गते बुधबार दिउँसो पक्राउ गरेको हो । 

 

जग्गा नामसारी र लालपुर्जा दिने कार्यको सहजीकरणका लागि सेवाग्राहीसँग घुसबापतको रकम लिइसकेको अवस्थामा उहाँलाई मालपोत कार्यालय परिसरबाट नै  अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले नियन्त्रणमा लिएको काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिनुभयो ।
–––

प्रतिकृया दिनुहोस