🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

महिलामाथि आक्रमण गर्ने दलाल पक्राउ

काठमाडौं । बलम्बुस्थित यातायात ब्यवस्था कार्यालयमा मोटरसाइकलको ब्लूबुक नवीकरण गर्न गएकी  एक महिलामाथि  आक्रमण गर्ने दलाल चार दिनपछि पक्राउ परेका छन् ।  अनिश राई नामक ती दलालले ब्लूबुक नवीकरण गर्न लाइनमा बसेकी शारदा पाण्डेलाई कार्यालयको हाताभित्रै आक्रमण गरी घाइते बनाएको थियो । 

यातायात ब्यवस्था विभाग र कार्यालयकै कर्मचारीहरूको मिलेमतोले कमिसनको खेलमा बलम्बुको अपायक, र असुविधायुक्त कुनामा यातायात कार्यालय राखेपछि कार्यालय हाताभित्रै सेवाग्राहीप्रति आक्रमण हुने, चोरी, पाकेटमारी, ठगीलगायतका घटना बढेका छन् । न सेवाग्राहीका लागि पार्कि¨ गर्ने ठाउँ  छ न त लाइन लाग्ने ठाउँ नै छ न त सुरक्षा नै छ । त्यस्तो अनकण्टार ठाउँमा यातायात कार्यालय राख्नुमामाथिदेखि तलसम्मका अधिकारीहरूको कमिसन चलखेल ठूलै रहेको स्थानीयबासिन्दा मात्र होइन कलंकीको जामको दशा कटेर त्यहाँ पुग्ने जो कोही सेवाग्राहीले  गुनासो गर्ने गदैछन् । बल्लबल्ल त्यहाँ पुगेपछि सेवाग्राहीहरू दलालको घेराबन्दीमा पर्ने गर्दछन् ।

दलाल र कार्यालयका कर्मचारीहरूको मिलोमतोमा इन्स्युरेन्स गराउनेदेखि चाडो काम गराइदिने भनी केही दलालले सो कार्यालय हाताभित्र काम गर्ने ठेक्का पाएको गुनासो सेवाग्राहीहरूको रहेको छ । जब कुनै दलालले  भनेको सेवाग्राहीले स्वीकार गरेनन् भने सेवाग्राहीमाथि नै आक्रमण गर्ने गर्छन् । दलालद्वारा कुटपिट जे जस्ता घटना भएपनि कार्यालयका हाकिमलगायत अन्य कर्मचारीहरू नदेखेझै गर्ने गरेको गुनासो पीडित सेवाग्राहीहरूको रहेको छ । बुद्धनगरबाट ब्लूबुक नवीकरणका लागि हिंडेकी शारदालाई यातायात ब्यवस्था कार्यालय बलम्बुमा पुग्न तीन घण्टा लागेको थियो । तीन घण्टामा कार्यालय पुगेर लाइनमा बसेको एकैछिनमा दलालको सहयोग नलिएको झोँकमा उनीमाथि आक्रमण भएको पीडितको भनाइ छ  । अन्य दलालहरू समेतको सल्लाहमा अनिश राईले पहिले निधारमा हानी अनि लात्ताले छातीमा हानी सेवाग्राही महिलालाई लडाएको थियो । 

शारदामाथि आक्रमणमा समाचार प्रकाशमा आएपछि प्रहरीले आक्रमणकारीको खोजी गरेको र २०७४ मङ्सिर ६ गते  बुधबार प्रहरीले पक्राउ गरी थानकोट चौकीमा थुनामा राखेको खबर छ । पीडित सेवाग्राही शारदा पाण्डेले प्रहरी कार्यालयमा आवश्यक कारबाहीका लागि निवेदन समेत दर्ता गराएको  थाहा भएको छ । 

चार दिन अघि कार्यालय हाताभित्रै  ती महिलामाथि दलालले आक्रमण गर्दा समेत कार्यालयका कर्मचारीहरूले बेवास्ता  गरेको कारण   आक्रमणकारी  भाग्न सफल भएको थियो । चार दिनपछि भएपनि बलम्बु प्रहरीले राईलाई पक्राउगर्न सफल भएको छ । शारदाले भनेकी छिन्, ‘‘अनिश राइ मात्र होइन सेवाग्राहीलाई ठग्न बसेका त्यहाँका सबै दलाललाई यातायात कार्यालय हातावरिपरि नै छिर्न दिनुहुँदैन र कार्यालयका कर्मचारीले पनि सेवाग्राहीको काम दलाल बिना पनि गर्छौं  भनेमा न्यायको अनुभूति हुने छ । 

कुनै पनि यातायात ब्यवस्था कार्यालयमा दलालले  आफूले समयमै काम गरिदिन्छु  भन्दै पैसा खाने गर्छन्  । जब कहिलेकाही पैसा खान नपाउने स्थिति हुन्छ त्यतिबेला आक्रमण गर्ने, चोरी गर्ने पाकेट मार्ने जस्तो अपराध  हुने गरेको सेवाग्राहीको गुनासो छ । सेवाग्राहीले आफै गर्न थाल्यो निकै समय  लाग्छ,  दुःख हुन्छ, फाइल हेर्न पनि भ्याइँदैन भन्ने जस्ता कुरा दलालले मात्रै गर्दैनन्  स्वयं कार्यालयका कर्मचारीले पनि गर्ने गर्छन् ।  

वरपरका घरहरूबाट मोटो  कमिसनकै कारण बलम्बुको कुनामा लगेर कार्यालय राखिएको कारण सेवाग्राही लाइनमा बस्ने पनि ठाउँ  छैन  भने सेवाग्राही जो त्यहाँ  पुग्छ उसले  यस्तो अपायक ठाउँमा ल्याएर कार्यालय राख्नुको रहस्यबारे छानविन हुनुपर्ने आवाज उठाउने गरेका छन् ।