• शनिबार-बैशाख-८-२०८१

रूपज्योति उपराष्ट्रपति र गृहमन्त्री पुत्रको सिकार 

 

 

काठमाडौं । प्रतिष्ठित उद्योगपति रुपज्योति ठगी आरोपमा पक्राउ परेका छन् । रुपज्योति पक्राउ प्रकरणबारे सोधीखोजी गर्ने क्रममा उनी गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक र उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनको गुण्डागर्दीको शिकार भएको पुष्टि भएको छ । रुपज्योतिको परिवारले लगानी गरेको काठमाडौंको बाँसबारीस्थित ल्याण्डमार्क डेभलपर्सको जग्गामा घर बनाउने ठेक्का सीई कन्ष्ट्रक्सनले पाएको थियो ।

 

 त्यसको नेतृत्व शम्भु फुयाँलले गरेका थिए । फुयाँलले ल्याण्डमार्क डेभलपर्सको १९ नम्बर प्लट बिगेन्द्रकृष्ण मल्ललाई बिक्री गर्नका लागि १ करोड २६ लाख रुपैयाँ लिएका रहेछन् । तर, त्यो रकम डेभलपर्सका लगानीकर्ता रुपज्योतिलाई दिएका रहेनछन् । रुपज्योतिलाई उनले उक्त प्लट बिक्री गर्नका लागि रकम लिएको जानकारी समेत दिएका रहेनछन् । रुपज्योतिले उक्त प्लटको जग्गा अर्कैलाई बिक्री गरे ।

 

सो जग्गा बिक्री गरेपछि मल्लले रुपज्योतिसँग १९ नम्बरको प्लट खरिदका लागि आफूले १ करोड २६ लाख दिएको र उक्त जग्गा दिन भने । तर जग्गा बिक्री भइसकेको थियो । मल्लले कि त जग्गा दिनुपर्ने कि त ५ करोड रुपैयाँ दिनुपर्ने माग गरे । ५ करोड नदिए ठगीमा उजुरी हाली थुनाउने धम्की पनि दिए । रुपज्योतिले त्यसलाई गम्भीरतापूर्वक लिएनन् । आफूले रकम नलिएकाले उनले त्यसलाई गम्भीरतापूर्वक लिन आवश्यक ठानेनन् । त्यसपछि मल्लले रुपज्योतिबिरुद्ध दरबारमार्ग प्रहरी बृत्तमा ठगीमा उजुरी दिएर थुनाउन खोजेपछि उनले जिल्ला अदालत काठमाडौंमा निषेधाज्ञा आदेश माग गर्दै मुद्दा हाले । 

 


 अदालतले उक्त बिषय देवानी भएको ठहर ग¥यो । जसअनुसार रुपज्योतिले मल्लको रकम आफूले लिंदै नलिएको भए पनि १ करोड २६ लाख ७५० रुपैयाँ काठमाडौं जिल्ला अदालतमा लगेर र फुयाँल र मल्ललाई दिइदिन भनी जम्मा गरिदिए । अदालतले तिम्रो पैसा हामीले किन दिने भनी प्रश्न गर्दै कोर्ट फी माग्यो । उनले १ लाख ३६ हजार कोर्ट फी तिरी २०७५ मंसिर १३ मा मल्लको पैसा जम्मा गरिदिए । तर, अदालतले देवानी विषय ठहर गरिसकेको अवस्थामा प्रहरीले २०७५ मंसिर १६ मा रुपज्योतिको परिवारविरुद्ध ठगी मुद्दा दर्ता ग¥यो । र, अदालतले प्रहरीको मागबमोजिम पक्राउ पूर्जी पनि जारी ग¥यो ।

 


वास्तविकता यस्तो छ 
बिगेन्द्रकृष्ण मल्लको पैसा ठगिएको हो भने उनले ठगी मुद्दा दिनुपूर्व नै अदालतमा पैसा जम्मा भइसकेपछि त्यो रकम नलिई ठगी मुद्दा दर्ता गर्नु र यसमा काठमाडौं प्रहरी परिसरका तत्कालीन एसएसपी बसन्त लामाले सघाउनुको भेद अहिले खुलेको छ । मल्लको पछाडि गृहमन्त्री थापाका छोरा प्रतीक थापा र उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनसमेत जोडिन पुगेका रहेछन् । उनीहरूलाई रुपज्योतिबाट असुली भएको ५ करोडमा आधा रकम दिने प्रलोभन मल्लले दिएका कारण दुवै पुत्रहरूले शक्तिको दुरुपयोग गरी लामालाई दबाब दिएर पक्राउ पूर्जी जारी गराएको आरोप पीडित पक्षको रहेको छ । 

 


 पीडित भनिएका मल्लको रकम अदालतमा जम्मा भइसकेपछि पनि रुपज्योतिलाई पक्राउ गरिनुको कारण गृहमन्त्री र उपराष्ट्रपति पुत्रको खेल रहेको पुष्टि भइसकेको छ । रुपज्योतिका विरुद्ध प्रहरीमा ठगीमा उजुरी हालेपछि नै मल्लले गृहमन्त्री पुत्रको आडमा ब्ल्याकमेलिङ गर्दैआएका थिए । पक्राउको त्रास देखाएर ठूलो रकम असुल्ने दाउ रचेका मल्लसँग रुपज्योति डराएनन् । लिंदै नलिएको रकम प्रतिष्ठाका खातिर अदालतमा बुझाइसकेकाले उनी निर्धक्क बसे । फेरि अदालतले देवानी ठहर गरिसकेको विषयमा, अदालतमा रकम जम्मा भइसकेको अवस्था, प्रहरी आफैं पक्ष भएको विषयमा ठगी मुद्दा दर्ता भई उद्योगपति पक्राउ हुँदा उद्योगी ब्यापारी भयग्रस्त भएका छन् । 

 


बेखबर प्रधानमन्त्री
रुपज्योतिले लिंदै नलिएको रकम पनि जम्मा गरिसकेको अवस्थाम उनीबिरुद्ध पक्राउ पूर्जी जारी भएको समाचारबारे प्रधानमन्त्री केपी ओलीका सल्लाहकारले उनलाई जानकारी नै नदिएको पाइएको छ । अर्कोतर्फ गृहमन्त्री थापाको दबाबमा प्रतिष्ठित ब्यापारीलाई अस्पताल जाने सुविधा समेत नदिई चिसो खोरमा राखेर अपमान गरेकोमा पनि ब्यवसायीहरू रुष्ट भएका छन् ।  

 


उद्योगी ब्यापारी निराश 
प्रतिष्ठित उद्योगपति तथा ज्योति ग्रुपका संचालक रुपज्योतिलाई जानकारी नभएको कारोबारमा ठगीमद्दा दर्ता गरी विमानस्थलबाटै पक्राउ गरी सनसनीखेज समाचार बनाई मानप्रतिष्ठामा आघात पु¥याएपछि नेपाल उद्योग बाणिज्य महासंघ, उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स र काठमाडौंका नेवार समाज सरकार संरक्षित गुण्डागर्दीबिरुद्ध २०७६ कात्तिक २४ गते आइतबार सडकमा उत्रिएका छन् ।

 

कात्तिक २४ गते आइतबार उनीहरूले उद्योगपति रुपज्योतिविरुद्ध राज्यले गरेको ज्यादतीविरुद्ध शान्तिपूर्ण जुलुस निकालेर विरोध गरेका हुन् । अझै पनि प्रधानमन्त्री केपी ओलीले गृहमन्त्री थापा र उपराष्ट्रपति पुनका छोराको तुष्टिलाई संरक्षण गर्न छाडेर वास्तविकता बुझी उद्योगपतिहरूको आवाज सुन्न सक्नुपर्छ भन्ने माग ब्यवसायीहरूले गरेका छन् ।  
 

प्रतिकृया दिनुहोस