• शनिबार-बैशाख-८-२०८१

ठगको कब्जामा अर्बौंको नेपाल मेडिकल कलेज !

 

 

काठमाडौं । दोलखा जिल्लाको सामान्य परिवारमा जन्मिएका दिनेश कोइरालाको ठगीधन्दाको जालोमा सामान्य ग्रामीण मानिसदेखि उच्च ओहोदावाला व्यक्तिहरू समेत परेको खुल्न आएको छ । दोलखा जिल्ला पवटी वडा नं. ३ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. ४, बालुवाटार निवासी यी व्यावसायिक ठग कोइरालाको ठगीधन्दामा नेपाल मेडिकल कलेज प्रा. लि. का शेयरधनीका रूपमा डा. भोला रिजालसहित ६० जना विभिन्न व्यक्तिहरू समेत फन्दामा परेको स्रोत बताउँछ । 

 


नेपालको ठूलो मेडिकल कलेजका सञ्चालकहरूसमेतलाई भ्रममा पारेर अर्बौंको सम्पत्ति कुम्ल्याउनतिर लागिपरेको उनको ठगीधन्दाबाट स्पष्ट भएको छ । उनको ठगीको चक्रमा उच्च ओहोदाधारीसहित ग्रामीण सर्वसाधारण, एकल महिला, किसानलगायतका पर्दै आएको पाइएको छ । उनी प्रहरीबाट पक्राउ परेपछि उनको ठगीधन्दाको रूप र ठगीका दर्जनौं उदाहरणहरू पनि सार्वजनिक भएका थिए ।

 


विभिन्न व्यक्तिहरूलाई ठगी गरेर आलिसान घर र सुविधासम्पन्न कारमा चढ्ने गरेका यी कोइरालाले आफ्नो जालमा पार्दै झन्डै ५ अर्ब रुपैयाँ बराबरको नेपाल मेडिकल कलेजको सम्पत्ति हड्प्ने प्रयास गरेका छन् । यी नटवरलालले ठग्ने धन्दाको शैली पनि अचम्मको विकास गरेको पीडितहरू बताउने गरेका छन् । उनी विभिन्न नाता–सम्बन्धका आधारमा सम्पत्तिवालहरूको नजिक पुग्ने, उनीहरूलाई सपनाहरू देखाउने, विभिन्न प्रलोभनहरू दिई थोरै पैसामा जग्गा धितो राख्न लगाउने, धितो राखिएको जग्गा कीर्ते गर्न लगाई महँगोमा बेच्ने गरेको आरोप खेप्दै आएका थिए ।

 

कोइरालाले ठगीमा परेकाहरू विष्णु धिमाल, निर्मला गुरुङ सहदेव गुरुङ, दीपा धिमाल, दुर्गा धिमाल, रिता मगर, रामप्रसाद धिमाल, उमेश गुरुङ घले, सुलभ कर्माचार्य, कैलाश बस्नेत, दिलीप कोइराला, भवननाथ भट्टराई, शिवलाल पुरी, चेतराज भट्टराई, यशोदा भट्टराई, सोले धिमाल, विष्णु रेग्मी, दुर्गा धिमाल, लक्ष्मी भट्टराईलगायत यस्ता कयौं ठगीमा परेका पीडक सहदेव गुरुङले जानकारी दिएका छन् । हाल कोइरालाको बढी ब्याजको प्रलोभनमा फसेका उनीहरूको जग्गा अहिले बैङ्क, सहकारी र व्यक्तिमा फसेको छ ।

 


कोइरालाले ‘एकको दुई’ बनाइदिने सपना देखाउँदै सर्बसाधारणहरूको करोडौं ठगेका हुन् । कोइरालाले सामुहिक लगानीको माध्यमबाट व्यवसाय गरेर छोटो समयमै कमाउन सकिने लोभ देखाएर करिब दुई दर्जन सर्वसाधारणहरूलाई ठगेका थिए । दोलखाका कोइरालाले पूर्वको मोरङ, सुनसरी र झापाका सर्वसाधारणहरूलाई ठगेको पुष्टि भएको छ ।
कोइरालाले कानेपोखरी जदा, मोरङका उमेश घले गुरुङबाट डेढ करोड, अमरदह राजघाट उर्लाबारी मोरङका कृष्ण धिमालबाट डेढ करोड, इटहरी–५, सुनसरीका सहदेव गुरुङबाट २९ लाख, उर्लाबारी राजघाट–९ मोरङका शिवलाल पुरीबाट ९९ लाख ठगेका छन् । यसैगरी दुर्गापुरी राजघाट—८ मोरङका विष्णु धिमालबाट डेड करोड ठगेका छन्, इटहरी—४ सुनसरीका चेतराज भट्टराईबाट ५ लाख, दुर्गापुरी राजघाट—८ उर्लाबारी मोरङबका रिता मगरबाट २ करोड, दुर्गापुरी राजघाट—८ उर्लाबारी मोरङबका दिपा धिमालबाट २ करोड, दुर्गापुरी राजघाट—८ उर्लाबारी मोरङबका दुर्गा धिमालबाट ४० लाख ठगेका छन् ।

 


 यसैगरी सिजुवा—२ मोरङका निर्मल खड्काबाट १ करोड ४० लाख ठगेका छन्, इटहरी—८ सुनसरीका यशोधा भट्टराईबाट ३० लाख ठगेका छन्, झापका सोले धिमालबाट ५० लाख ठगेका छन्, इटहरी—४ का भवननाथ भट्टसँग १५ लाख ठगेका छन्, उर्लाबारी राजघाट—८ मोरङबाट घरबार नै उठेको छ, काँडाघारी—४ भक्तपुरका रामकुमार थापाका ४ करोड ठगेका छन्, इटहरी, सुनसरीका लक्ष्मी भट्टराईबाट ८० लाख ठगेका छन् ।

 


कोइरालाका कारण सर्वसाधारणको पुख्र्याैली जग्गा जमिन मात्र डुबेको छैन । यही कारणले धेरैको पारिवारिक सम्बन्ध समेत टुटेको छ । कोइरालाले छँदाखाँदाको जग्गा बैङ्कमा राखेर पैसा लिई गायब भएपछि परिवारमा किचकिच भएपछि सहन नसकेर रूपा खड्काकी श्रीमानले आत्महत्यासमेत गरेको पीडिक कृष्ण खड्काले बताएका छन् ।
होटेलको कामबाट असन्तुष्ट उनी ज्यामी पेसामा छिरे । ज्यामी काम गर्दागर्दै घर जग्गा कारोबारसम्बन्धी ज्ञान सीप बटुलेका उनले आफ्नै भेना गोपी दाहालका दुईवटा घडेरी विभिन्न बहानामा आफ्नो नाममा पारे । त्यहीँबाट उनी ठगी धन्दामा हौसिएको देखिन्छ । अहिले कोइरालाको ठगी धन्दा पूर्वदेखि पश्चिमसम्म नै फैलिएको स्रोत बताउँछ ।

 

 
ठगीकै सिलसिलामा अब यिनै दिनेश कोइरालाले अर्बौंको सम्पत्ति रहेको नेपाल मेडिकल कलेजको सम्पूर्ण सेयर सित्तैमा कब्जा गर्ने योजना बनाएको जानकारी हुन आएको छ । एक सेयर बराबर दसमा खरिद गर्छु भन्दै काठमाडौंको अत्तरखेलमा सञ्चालित नेपाल मेडिकल कलेजका लगानीकर्ताहरूलाई प्रलोभनमा पारेर सो कलेज नै खाने दाउगरेको केही शेयरधनीले साँघुलाई बताए । 
 

प्रतिकृया दिनुहोस