• शुक्रबार-बैशाख-७-२०८१

नेकपाको सचिवालयले आयोगहरुलाई पूर्णता दिने 


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालयको बैठक २०७६ कात्तिक २५ गते विहान ९ बजे बस्ने भएको छ । 


नेकपाको सचिवालय बैठकले पार्टीका केही आवश्यक विभागलाई पूर्णता दिनेगरी तयारी गरिएको जानकारी हुन आएको छ । कात्तिक २५ गतेको सचिवालय बैठकले अनुशासन विभाग, लेखा आयोग, सल्लाहकार परिषद्, निर्वाचन आयोग र जेष्ठ कम्यनिष्ट मञ्चलाई पूर्णता दिने तयारी गरिएको स्रोत बताउछ । 


स्रोतका अनुसार, नेकपाको अनुशासन विभागको प्रमुखमा अमृत बोहोराको नेतृत्वमा बन्ने र त्यसले पूर्णता पाउने सम्भावना रहेको छ । त्यसैगरी लेखा आयोग पुष्प क“डेलको नेतृत्वमा गठन हुने र त्यसले पनि पूर्णता पाउने भएको छ । त्यस्तै केशव बडालको नेतृत्वमा सल्लाहकार परिषद् गठन हुने र त्यसले पनि पूर्णता पाउने भएको छ । 


नेकपाको पा“चवटा महत्वपूर्ण विभाग मध्ये निर्वाचन आयोग पनि रहेको छ । त्यसको नेतृत्व पूर्व माओवादीको तर्फका कुनै नेताको नेतृत्वमा बन्ने छ । यसका साथै पूर्व माओवादीकै तर्फबाट जेष्ठ कम्युनिष्ट मञ्चको पनि गठन हुन गइरहेको छ । 
 

प्रतिकृया दिनुहोस