• शुक्रबार-चैत-१६-२०८०

अर्थात जेमन्त : शरदराज गौतम

 

नेपालमा तीसको दशकको अन्त्यसम्मै
नेपालका प्रसारण विधामा ‘ढाल’ भन्ने शब्द बर्जित थियो ।
ढाल अश्लिल मानिन्थ्यो र परिवारसित बसेर सुन्न सकिन्न भनिन्थ्यो ।
ढालको विकल्पमा स्याल बुद्धि शब्द खोजियो ।
परिवार नियोजनको अस्थायी साधन ।
आफ्नो बौद्धिकतामा सञ्चार मंंत्रालयका ठालुहरूमा गज्जबको रवाफ देखियो ।
जसमा प्रचार गरिनु पर्दथ्यो र जसलाई बुझाउन खोजिएको थियो
ती सबका सबलाई अनुहारबिहीन बनाइयो ।
सबका सब दंगदास– संस्कृति जोगियो भनेर ।
आफ्ना जनतालाई फेसलेस बनाएर जोगाउनु पर्ने कस्तो संस्कृति ।
तिनताका सञ्चार मंत्रालयका ठालुहरू एकथरिको हतियार जहिल्यै उज्याउँथे ।
‘परिवारसित बसेर सुन्न सकिन्न यस्ता कुरा’ । 
र, सर्जकहरू थचक्क ।
यै हतियार उज्याएर तिन्ले नारायण गोपालको मातको गीतमा प्रतिबन्ध ठोके ।
कुमार बस्नेतको गीतमा म्वाँईलाई मोही बनाए ।
पचासको दशकमा एफएम खुल्दा ठालुहरू फेरि बौरिए ।
गीत संगीतले युवापुस्तालाई बिगा¥यो भनेर ।
ठालुहरूसित एउटै थरिको ओंठे जबाब हुन्थ्यो ।
परिवारसित बसेर सुन्न सकिन्न,, एफएम ।
मानौ परिवार भनेको लिंगविहीन जमात हो ।
भिटेनका ¥याप सुनेर तिहार मनाएर बसिरहँदा
मलाई तीस र पचासका दशकका धुपौरेहरूका अनुहार झलझल्ति आइरहे ।
हालका सञ्चार मन्त्री कतिवर्ष पुग्नु भयो थाहा छैन ।
तर, चालीस वर्ष पछि आएर भिटेनको ¥यापमा
वहाँले परिवारसित बसेर सुन्न सकिन्न भन्ने प्रतिक्रिया दिंंदा
समृद्धि सोचको कट्टु नराम्ररी खुस्कियो, रमाइलो भयो ।
मैले फरक भेट्ट्याउनै सकिन, त्यतिबेला र यसबेलाका गोकुलहरू बिच ।
सबैथोक उस्तै, सबै सोच उस्तै ।
झुसिलो गन्हाउने सांस्कृतिक सोच ।
अश्लिलता र श्लिलताको खुंडा उज्याउनेहरू
खासमा राजस्वमारा मास्टरिपनको धक्कु मात्र उज्याउँछन् ।
सार्वजनिक प्रसारणमा शब्दहरू 
सालाखाला अभिव्यक्तिका प्रतिनिधि मात्र हुन्छन् ।
ढाललाई प्रसारणमा बोल्दा श्लिलता भत्किन्छ भन्नेहरू, जब
सी आर यस कम्पनी चलाउँछन, त्यतिबेला तिनलाई
परिवार नियोजनका अस्थायी साधनभन्दा लाजले भुतुक्क हुनु पर्दछ ।
भिटेनका गीतहरूमा समाबेस जति अश्लिलताका आरोपरु छन
ती सबका सबलाई सामाजिक सञ्जाल चलाउनेहरू बिच राखेर हेरियो भने
गोकुलभक्तहरूको  भनाई ग्वाँज मात्रै होइन, पाखे बुझिन्छ ।
म पुलिसले गरेको कार्यवाहीमा कुनै प्रतिकृया दिन्न
किनकि पुलिस जहिल्यै ‘फोर्स’ हो ।
र, फोर्सको नेपाली उल्था गरेर म कसैलई लज्जित पार्दिन ।
ती कानूनमा लेखिएका शब्द र तिनलाई कानूनसम्मत लागू गराउने फोर्स हुन ।
तर, नागरिक सरकार लगभग दुइ करोड भ्युज दिने नागरिकको औंलामा किल्ला ठोक्न 
खोज्छ भने
भन्नै पर्ने हुन्छ,
दुई तिहाइको सरकारलाई हेप्ने ?
हन मित्र,
तिम्रो सत्ता अहंकार कहिलेसम्म हो ?
नारायण गोपाललाई स्वर सम्राट सञ्चार मंत्रालयले बनाएकै होइन ।
भिटेनलाई दुइ करोडको भ्युज दिने पनि सञ्चार मंत्रालय होइन ।
जब मन पर्नेको कारोबार सत्ता बाहिरबाट हुन्छ भने
 तिमी किन गैरजरुरी विषयमा पाखे प्रतिक्रिया दिन्छौं ।
मेरो सकस कति मात्रै हो भने,
देशको कार्यकारी प्रमुखको स्वास्थ्य सूचनामा कम्युनिष्टिकरण गर्ने
सरकारी प्रवक्ता जब जब गैरजरुरी टिप्पणीमा आफ्नो उर्जा खर्चिन्छन्
भन्नु पर्ने हुन्छ
हामी यस्तै त हो नि ब्रो ।

प्रतिकृया दिनुहोस