• बिहीबार-चैत-१५-२०८०

आसियन सम्मेलन थाइल्याण्डमा सुरु


बैंकक, १७ कात्तिक  - दक्षिणपूर्वी एसियाली राष्ट्रहरुको सङ्गठन (आसियन) को ३५ औँ सम्मेलन शुक्रबार थाइल्याण्डमा सुरु भएको छ ।

 

बहुपक्षधरता र सम्पर्क सञ्जालमा केन्द्रीत हुनेगरी थाइल्याण्डको राजधानी बैंककमा सम्मेलन सुरु भएको हो ।सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै थाइल्याण्डका प्रधानमन्त्री प्रायुत चान ओ चाले दक्षिणपूर्वी एसियालाई समृद्ध र दिगो विकाससहितको क्षेत्र बनाउन आह्वान गर्नुभयो ।

 

उहाँले क्षेत्रीय बृहत आर्थिक साझेदारीतासम्बन्धी सम्झौतामा पुगेर सबै सदस्य राष्ट्रहरु सहयोगी भई सहकार्य गर्नुपर्नेमा समेत जोड दिनुभएको थियो ।

 

यसै वर्षभित्र आर्थिक बृद्धि, व्यापार र लगानीका लागि प्रेरित गर्न समेत उहाँले सबैलाई आग्रह गर्नुभयो ।  सन् १९६७ मा स्थापित आसियानमा ब्रुनाई, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, म्यान्मार, फिलिपिन्स, सिंगापुर, थाइल्याण्ड र भियतनाम सदस्य छन् । 

 

सम्मेलनमा चीन, भारत, अस्ट्रेलिया, जापान, दक्षिण कोरिया र न्यूजील्याण्डलाई पनि आमन्त्रण गरिएको छ । 
(रासस-सिन्ह्वा)

प्रतिकृया दिनुहोस