🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

कमरेडहरूलाई राष्ट्रपति सी का पाँच मन्त्र 

जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको २०७६ असोज २५ र २६ गते नेपालमा भएको राजकीय भ्रमण सम्पन्न भएको एक साता बितेको छ । तर त्यस भ्रमणका प्रभावहरू नेपाली राजनीतिमा बहुआयामिक रूपमा पर्ने निश्चित छ । नेपालको विकास र समृद्धिका लागि चिनियाँ राष्ट्रपतिको यो भ्रमण उपलब्धि र उत्साहजनक रूपमा रहेको विश्लेषण गरिँदैछ । त्यसका साथै दुई तिहाइ बहुमतको सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई चिनियाँ कम्युनिस्ट पार्टीका महासचिवसमेत रहेका चिनियाँ राष्ट्रपतिले सीले दिएका सन्देशहरू महŒवपूर्ण र दीर्घकालीन रूपमा समेत कामयावी हुने देखिन्छन् । 

जसलाई नेकपाले आफ्नो पार्टी जीवन र राष्ट्रिय जीवनमा समेत आत्मसात् गर्दै जाने हो भने जनता र राष्ट्रले एउटा कम्युनिस्ट पार्टी र त्यस नेतृत्वको सरकारबाट अपेक्षा गरेका कुराहरूको समेत उपलब्धि हासिल हुँदै जाने देखिन्छ ।

राष्ट्रपति सीसँग नेकपाका सचिवालय सदस्यहरूको भेटमा राष्ट्रपति सीले पाँचवटा महŒवपूर्ण सन्देश दिएको सार्वजनिक भएको थियो । जसअनुसार राष्ट्रपति सीको पहिलो सन्देशका रूपमा लामो संक्रमणकाल र अस्थिरताबाट नेपालले प्राप्त गरेको राजनीतिक उपलब्धि र स्थायित्व हासिल गरी विकासको बाटोमा हिँड्ने प्रयास गर्दैछ, त्यसलाई सकारात्मक रूपमा लिँदै त्यसको साथमा चीन रहने प्रतिबद्धता भेटका क्रममा व्यक्त भएको छ । 

 यस सन्दर्भमा एउटा छिमेकीका रूपमा चीनले विगतदेखि नै नेपालमा राजनीतिक स्थायित्वका पक्षमा रहँदै आएको प्रस्ट सन्देश दिएको छ । गत निर्वाचनबाट प्राप्त मतादेशका आधारमा सहधर्मी पार्टीको नेतृत्वमा नेपाल स्थिरता र विकासको मार्गमा अघि बढेको उसले पाएकाले सहकार्य र आपसी मैत्रीपूर्ण सम्बन्धका माध्यमबाट आगामी यात्रा सहज हुने उसको अपेक्षा हुन सक्छ । उत्तरतर्फको करिब १ हजार ४ सय किलोमिटर सिमाना जोडिएको छिमेकी मुलुकमा हुने राजनीतिक अस्थिरता र बाह्य (विशेषतः भारतसहित पश्चिमा मुलुकहरू) शक्तिहरूको चलखेलबाट आफ्नो मुलुकको सार्वभौमसत्ता र अखण्डतासमेत प्रभावित हुने भएकाले यसप्रति ऊ सचेत भएको देखिन्छ । नेपालमा पछिल्लो अवधि प्राप्त राजनीतिक स्थिरताले गर्दा आफ्नो मुलुकको राजनीतिक चासो र सरोकारलाई प्रवद्र्धन गर्न सहयोग पुग्ने अपेक्षा र विश्वास चिनियाँ राष्ट्रपति सीको रहेको देखिन्छ ।

चिनियाँ राष्ट्रपति सीको दोस्रो सन्देशले नेपाल र चीनको विद्यमान सम्बन्धलाई राजकीय तहमा मात्र होइन, नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच पनि सुमधुर र सुदृढ बनाउँदै लैजानुपर्ने तथ्यमा जोड दिएको छ । नेपाल र चीनबीचको कूटनीतिक सम्बन्धको कुरा गर्दा सन् १९५५ मा दुई मुलुकबीच कूटनीतिक सम्बन्ध स्थापित भएपछि यो दुई पक्षीय उच्चस्तरीय भ्रमण, सहयोग तथा आपसी मित्रताका रूपमा विकास हुँदै आएको पाइन्छ । 

 सन् १९४९ मा चिनियाँ कम्युनिस्ट पार्टीको अग्रसरतामा माओत्सेतुङको नेतृत्वमा चीनमा जनवादी क्रान्ति सम्पन्न भएपछि आधुनिक चीनको विकास भएको मानिन्छ । त्यसलाई सन् १९७८ मा देङ स्यायोपिङको नेतृत्वमा चीनले खुलापन र आर्थिक विकासको मार्ग अवलम्बन गरेपछि आर्थिक रूपमा प्रगति र समृद्धितिर लम्केको हो । पछिल्लो कालखण्डमा सी चिनफिङ सन् २०१२ मा चिनियाँ कम्युनिस्ट पार्टीको महासचिव र सन् २०१३ मा जनवादी गणतन्त्र चीनको राष्ट्रपति निर्वाचित भई दोस्रो कार्यकालसमेत सोही हैसियतमा नेतृत्वमा रहेका छन् । 

 राष्ट्रपति सीको विश्वव्यापी रूपमा बढ्दो प्रभाव र नेतृत्व क्षमताका कारण चीनमा ‘सी विचारधारा’ चीनको संविधानमा समावेश भइसकेको सन्दर्भमा नेपालमा समेत नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच बढ्दो सहकार्य र विचारधारात्मक आदानप्रदानको महŒवलाई यसले जोड दिएको देखिन्छ । नेकपा बन्नपूर्व दुवै घटकहरूबीच विभिन्न प्रतिनिधिमण्डलको चीनमा अध्ययन भ्रमण र राष्ट्रपति सी भ्रमणपूर्व दुवै पार्टीको आयोजना काठमाडौंमा भएको दुईदिने प्रशिक्षणलाई यसै बढ्दो सहकार्यको उन्नत स्तरका रूपमा लिन सकिन्छ । 

  तत्पश्चात् दुवै पार्टीबीच भएको समझदारीपत्रमा दुई पार्टीबीचको उच्चस्तरीय भ्रमणको आदानप्रदान गर्ने, कम्युनिस्ट विचारधारा र अनुभवको आदानप्रदान गर्ने, विचारधारात्मक प्रशिक्षणलाई निरन्तरता दिने, पार्टीको तल्लो तहमा पनि प्रशिक्षण विस्तार गर्ने र दुई देशका विकास ढाँचाका अनुभवहरूको आदानप्रदान गर्ने उल्लेख छ । नेकपाका नेताहरूलाई राष्ट्रपति सीको सन्देश दुई पाटीबीच विकसित हुँदै गरेको सम्बन्धलाई थप सुदृढ र निरन्तरता दिनुपर्ने मान्यताकै जगमा उभिएको देखिन्छ । 

चिनियाँ राष्ट्रपतिको तेस्रो सन्देशचाहिँ चिनियाँ कम्युनिस्ट पार्टीको अनुभवसँग सम्बन्धित रहेको छ । सीले चिनियाँ कम्युनिस्ट पार्टी पार्टीमा स्वच्छता र सुशासनमा जोड दिने पार्टी भएको प्रसंग उल्लेख गर्दै त्यसलाई अनुशरण गर्दै चिनियाँ कम्युनिस्ट पार्टी र सरकारको जनतासँग राम्रो सम्बन्ध रहेको उदाहरण दिएका थिए । नेपालमा पनि नेकपा र यसको नेतृत्वको सरकारले पार्टी र सरकार दुवै क्षेत्रमा स्वच्छता र अनुशासन पालना गरेर जानुपर्ने र अनिमात्र नेकपा र सरकारको जनतासँग सम्बन्ध राम्रो हुने देखिन्छ । 

 जनतासँग निर्वाचन घोषणापत्रमार्फत नेकपाले गरेका वाचा तथा तत्पश्चात् सरकारको नेतृत्व गरिसकेपछिका जनताका अपेक्षा पूरा गर्ने दिशामा चिनियाँ कम्युनिस्ट पार्टीका अनुभवलाई आत्मसात् गर्दा उपलब्धि हासिल हुने देखिन्छ ।

तर, नेकपाका नेताहरू र त्यस पार्टी–नेतृत्वको सरकारका मन्त्रीहरूबाट भइरहेका स्वेच्छाचारिता र अनुशासनहीन गतिविधिले गर्दा आशाभन्दा निराशाजनक अवस्थालाई नै संकेत गरिरहेको विभिन्न घटनाक्रमले देखाएका छन् । यसले जनता र सरकार तथा नेकपाको सम्बन्धमा भविष्यमा आघात पु¥याउने देखिन्छ ।

राष्ट्रपति सीको नेकपाका नेताहरूलाई चौथो सन्देशका रूपमा विभिन्न प्रतिकूलताका बीच चीन समाजवादको दिशामा अघि बढेको उल्लेख गर्दै चीनले कम्युनिस्ट क्रान्तिका आधारमा मात्र सत्ता चलाइरहेको छैन, जनतालाई उपलब्धि दिन नसकेको भए यो सम्भव हुने थिएन भन्नुले विधि र प्रक्रियाको पालनाका साथसाथै सुशासन र आर्थिक समृद्धिमार्फत जनताको जीवनस्तरमा ल्याइने परिवर्तनले मात्र कम्युनिस्ट पार्टी शासनका लागि दिगो र विश्वसनीय हुने सी–मत यसमा अन्तरनिहित भएको छ । 

 यस सन्दर्भमा नेकपाले पनि आफूलाई चीरस्थायी शक्तिका रूपमा कायम गरिराख्नका लागि भ्रष्टाचार, अनुशासनहीनता, नातावाद, कृपावाद र संकीर्ण राजनीतिक स्वार्थहरूलाई तिलाञ्जली दिनुपर्छ र जनताको निरन्तर साथ, सहयोग र समर्थन प्राप्त गर्न उनीहरूको जीवनस्तरमा परिवर्तन ल्याउँदै सुशासन, दिगो, भरपर्दाे र विश्वसनीय आर्थिक विकास र समृद्धिको दिशामा अघि बढ्न सक्नुपर्दछ ।
पाँचौं सन्देशका रूपमा राष्ट्रपति सीले नेपाल–चीन सम्बन्धका विषयमा नेकपा नेतालाई प्रस्ट्याएका छन् । त्यो हो– नेपाल–चीन सम्बन्धमा अनुकूलता मात्र होइन, प्रतिकूलताहरू पनि रहेको र त्यसमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् । राष्ट्रपति सीको यस सन्देशमाथि दृष्टि दिँदा यस सम्बन्धले भूराजनीतिक आयामतर्फ दृष्टि दिएको देखिन्छ । 

 नेपाल यस्तो मुलुक हो, जसको पूर्व, पश्चिम र दक्षिणतर्फ सिमाना विशाल भारतसँग जोडिएको छ र उत्तरतर्फको सिमाना चीनसँग । यी मुलुकहरूबीच विकासमा बढ्दो प्रतिस्पर्धा रहेको छ भने चीन पुरानो रेसम मार्गको आवधारणामा आधारित ‘बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई)’मार्फत विश्वका विभिन्न मुलुकहरूसँग रेल र विकासका माध्यमबाट ‘कनेक्टिभिटी’लाई अघि बढाइरहेको छ । त्यसो त उदाउँदो चीन विश्व–महाशक्ति बन्ने दौडमा छ । चीनको विश्वव्यापी रूपमा बढ्दो भूमिका र सन् २०५० सम्म विश्वको १ नं. आर्थिक महाशक्ति बन्ने उद्देश्यबाट शीतयुद्धपछि विश्वमा एकल महाशक्तिका रूपमा वर्चस्व जमाउन सफल रहेको संयुक्त राज्य अमेरिका त्रसित बनेको देखिन्छ । तसर्थ यस क्षेत्रमा चीनलाई चुनौती दिने रणनीतिका साथ उसले इन्डो–प्यासिफिक रणनीति (आईपीएस) मार्फत आफ्नो सैन्य रणनीति बढाउने रूपमा प्रयत्नशील देखिन्छ । 

 यसले गर्दा नेपाललाई आधार बनाएर शक्ति राष्ट्रहरूले आफ्नो रणनीतिक स्वार्थ पूरा गर्ने माध्यम बनाउन सक्ने अवस्थासमेत सिर्जना हुने देखिन्छ । नेपालको छिमेकीको हैसियतले चीन यस गतिविधिप्रति संवेदनशील भएको देखिन्छ । यद्यपि प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले नेपाल आईपीएसमा सहभागी नहुने र त्रिदेशीय (नेपाल–भारत–चीन) साझेदारीका माध्यमबाट अगाडि बढ्ने स्पष्ट पारिसकेका छन् ।

यी पाँचवटा सन्देशमार्फत राष्ट्रपतिले नेपाल–चीन सम्बन्धका विविध आयामसहित विकास र समृद्धिका दिशामा चीनले हासिल गरेका उपलब्धिहरूको अनुभवहरू नेकपाका नेताहरूसँग आदानप्रदान गरेका छन् । विकास र समृद्धिका मार्गमा अघि बढ्न नेकपा र त्यस नेतृत्वका सरकारलाई आह्वान गर्दै उत्प्रेरणा÷दिशानिर्देशसमेत गरेका छन् । वास्तवमा राष्ट्रपति सीको यो भ्रमण मित्रता, कनेक्टिभिटी र विकासका दिशामा महŒवपूर्ण रहेको मूल्याङ्कन सार्वजनिक गरेका प्रधानमन्त्री ओलीले ती २०–बुँदे समझदारी कार्यान्वयनमा गर्न कस्तो सक्रियता देखाउने छन्, त्यो भने प्रतीक्षाको विषय भएको छ । 

 के राष्ट्रपति सीले दिएका सन्देशहरूलाई आत्मसात् गर्दै नेकपाका नेताहरू र सरकार जनता र राष्ट्रलाई केन्दुविन्दुमा राखेर अघि बढ्ने आँट र प्रतिबद्धता गर्लान् ? आर्थिक समृद्धिसहितको उपलब्धिमार्फत भविष्यमा समेत जनअभिमतमार्फत अनुमोदित हुने अवस्थाको सुनिश्चिता गर्ने दिशामा अघि बढ्लान् ? छिमेकी मुलुकका महामहिम राष्ट्रपतिले दिएका सन्देशहरूलाई व्यावहारिक रूपले कार्यान्वयन गर्दै ‘सुखी नेपाली, समृद्ध नेपाल’ निर्माण गर्ने सुनौलो र ऐतिहासिक अवसर भने यतिबेला नेकपालाई छ ।