• मंगलबार-बैशाख-११-२०८१

सातौं विश्व सैनिक खेलकुद  : नेपाली सेनाकी तुलसाद्वारा राष्ट्रिय कीर्तिमान

 


   काठमाडौं ।    मित्रराष्ट्र चीनको उहानमा संचालन भईरहेको सातौं विश्व सैनिक गृष्मकालीन खेलकुद प्रतियोगितामा नेपाली सेनाकी तुलसा खत्रीले  २०७६  कार्तिक ५  गते Track and Field अन्तर्गत संचालन भएको महिलातर्फको ४००  मिटर दौडमा राष्ट्रिय कीर्तिमान राख्‍न सफल भएकी  छिन्  । उनले उक्त दुरी ५९.५७  सकेण्डमा पूरा गरेर  यस अघिको ५९.९०  सकेण्डको राष्ट्रिय रेकर्ड तोड्न सफल भएकी छन् ।  तुलसा खत्रीले ९  वर्ष अगाडि  सन् २०१०  प्रमिला रिजालले राखेको रेकर्ड तोड्न सफल भएकी हुन् ।  उक्त दौडमा २१  देशका प्रतिस्पर्धीले भाग लिएका थिए । 


त्यसैगरी कात्तिक ५ गते नै संचालन भएको महिलातर्फको १००  मिटर दौडमा नेपाली सेनाकी सरस्वती चौधरीले १२.६६६  सकेण्डमा उक्त दुरी पूरा गरी आफ्नो व्यक्तिगत रेकर्डमा  सुधार्न सफल भएकी छिन  । यस दौडमा २६  देशका खेलाडीहरुले भाग लिएका थिए ।

उक्त प्रतियोगितामा कात्तिक ५ गते नै दौड सहित विच भलिबल, आर्चरी र महिला वक्सिङ्ग गरी ४  खेल सम्पन्न भएका छन्  । 
 

प्रतिकृया दिनुहोस