• शुक्रबार-चैत-१६-२०८०

   देउवा अनुपस्थित भएपछि संवैधानिक परिषदको बैठक स्थगित 

 


 काठमाडौं । आज २०७६ कात्तिक ५ गते बस्ने भनिएको  संवैधानिक परिषदको बैठक स्थगित भएको खबर छ।  संविधानको धारा २८४ को व्यवस्था अनुसार, संवैधानिक परिषदमा  संविधान बमोजिम प्रधान न्यायाधीश र संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरूको नियुक्तिको सिफारिस गर्न देहाय बमोजिमका अध्यक्ष र सदस्य रहेको एक संवैधानिक परिषद रहेको छ। जसमा 

 

(क) प्रधानमन्त्री –अध्यक्ष

(ख) प्रधान न्यायाधीश –सदस्य

(ग) प्रतिनिधि सभाको सभामुख –सदस्य

(घ) राष्ट्रिय सभाको अध्यक्ष –सदस्य

(ङ) प्रतिनिधि सभाको विपक्षी दलको नेता –सदस्य

(च) प्रतिनिधि सभाको उपसभामुख –सदस्य

 


६ सदस्यीय  संवैधानिक परिषदका सदस्य  मध्ये प्रतिनिधि सभाको विपक्षी दलको नेता शेरबहादुर देउवाले  तयारी नपुगेकाले आफू  उपस्थित हुन् नसक्ने भनेर खबर गरेपछि आजको बैठक स्थागित् भएको खबर छ।  नेपाली कांग्रेसका सभापति तथा  प्रतिनिधि सभाको विपक्षी दलको नेता देउवाले संबैधानिक निकायको नियुक्तिका लागि वार्गेनिंग गरिरहेको स्रोत बताउछ।  


स्रोतका अनुसार, नेपाली काङ्ग्रेसले वित्त आयोगको सदस्यमा  कृष्ण ज्ञवाली वा गणेश कार्की मध्ये एकलाई सिफारिस गर्ने भएको चर्चा  छ ।  कार्की निर्वाचन क्षेत्र निर्धारण आयोगको सदस्य समेत रहेका व्यक्ति हुन् । ज्ञवाली चाहिं नेपाल सरकारका  पूर्व सचिब हुन् । उनी  स्थानीय विकास, बाणिज्य मन्त्रलयको नेतृत्व गरिसकेका व्यक्ति हुन्।   

प्रतिकृया दिनुहोस