🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

यसरी दिए सीले दुई खर्बको ‘सरप्राइज’ 

काठमाडौं । चीनका राष्ट्रपति सी जिङफिङको दुई दिने नेपाल भ्रमण सम्पन्न भएसँगै अन्तर्राष्ट्रिय जगतमा नेपालको महत्व बढेर गएको छ भने नेपाल भूपरिवेष्टित राष्ट्रबाट भूजडित अवस्थामा रुपान्तरण हुने सम्भावना पनि बलियोसँग आएको छ । चीनका राष्ट्रपति सी जिङपिङले २०७६ असोज २५ गते शनिबारबाट दुई दिने राजकीय नेपाल भ्रमण गर्नुसँगै भारतको दुई दिने अनौपचारिक भ्रमण सम्पन्न गरेका थिए । 

भारतको दुई दिने अनौपचारिक भ्रमणको क्रममा तमिलनाडूको महाबलिपुरम्मा राष्ट्रपति सी र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग तीनपटक गरेर चार घण्टाभन्दा बढी वार्तालाप भएको थियो । यसैगरी नेपाल र भारतको भ्रमणमा २०७६ असोज २४ गते शुक्रबार राष्ट्रपति सी बेइजिङबाट निस्कनु अगाडि गत असोज २१ गते मंगलबार पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँग बेइजिङमा भेटवार्ता गरेका थिए । 

चीनका राष्ट्रपति सीसँग पाकिस्तानका प्रधानमन्त्री खान र भारतका प्रधानमन्त्री मोदीले गरेको भेटवार्तामा जम्मु–कश्मिर मुद्दा प्रमुख एजेन्डा भएपनि यस क्षेत्रको राजनीति पनि उनीहरूका बिचमा छलफलको विषय रहेको थियो । चीनले अगाडि सारेको बीआरआईको प्रतिरोधमा अमेरिकाले यो क्षेत्रलाई लक्ष्य गरेर इण्डो–प्यासिफिक रणनीति अगाडि सारेको छ ।

त्यसकारण भारतका प्रधानमन्त्रीसँगै पाकिस्तानका प्रधानमन्त्रीसँग पनि चीनका राष्ट्रपतिले यस सम्बन्धमा छलफल गरेको सहज अनुमान गर्न सकिन्छ र राष्ट्रपति सीले नेपाल भ्रमण गर्नु अगाडि अमेरिकाको पक्षबाट नेपाललाई इण्डो–प्यासिफिक रणनीतिमा सक्रिय सहभागिता जनाउन चर्काे दबाब आएको थियो । तर, नेपालले अमेरिकाको तर्फबाट आएको त्यो दबाबलाई झेल्दै अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पाेरेशन(एमसीसी) अन्तर्गत दिन लागेको ५५ अर्बको अनुदान सहयोगसमेत स्वीकार गर्न नेपालले आनाकानी गर्दै आएको छ । 

यो स्थितिमा चीनका राष्ट्रपति सीले नेपाल भ्रमण गरेका छन् र नेपाललाई भूपरिवेष्टितबाट भूजडित राष्ट्रको हैसियतमा पु¥याउने प्रतिबद्धता पनि राष्ट्रपति सीले गरेका छन् र यसका निम्ति भौतिक पूर्वाधार तयार पार्नका लागि चीनले तीन बर्षमा ५५ अर्ब रुपैयाँ नेपाललाई अनुदान सहयोग दिने घोषणा पनि गरेका छन् ।

यस क्रममा चीनका राष्ट्रपति सीले नेपाली पक्षले सोच्दै नसोचेको केरुङ–काठमाडौं सुरुङमार्ग निर्माण गरिदिने प्रस्तावसमेत गरेका छन् ।

काठमाडौं–केरुङ सुरुङमार्ग निर्माण भएपछि र उत्तरतिरका विभिन्न नाकाहरू खुलेपछि नेपाल भूपरिवेष्ठितबाट भूजडित हैसियतमा रुपान्तरण हुनेछ र त्यसपछि नेपालमाथि एउटा मुलुकले लगाउने नाकाबन्दीले पनि विगतमा जस्तो ठूलो असर पर्न सक्नेछैन ।

नेपाललाई भूपरिवेष्ठितबाट भूजडित मुलुकमा रुपान्तरण गर्ने चिनियाँ राष्ट्रपति सीको योजना सफल बनाउन नेपालको तर्फबाट प्रभावकारी भूमिका निर्वाह हुनुपर्दछ र कूटनीतिक भाषामा चिनियाँ राष्ट्रपति सीले यस सम्बन्धमा नेपाल सरकार र नेपालका राजनीतिक दललाई सचेत समेत गराएका छन् । 

नेपालको तर्फबाट चीनका राष्ट्रपतिले २३ बर्ष पछाडि नेपालको भ्रमण गर्दा सहयोगका निम्ति विभिन्न भौतिक पूर्वाधारका प्रस्ताव अगाडि सारिरहँदा केरुङ–काठमाडौं ३० किलोमिटर लामो सुरुङमार्गसहितको सडकमार्गका सम्बन्धमा सोचाई समेत बनाएका थिएनन् । तर, चीनका राष्ट्रपति सीले नै नेपालको समृद्धि यात्रालाई सहज बनाउन तथा भूपरिवेष्टित राष्ट्रबाट मुक्त पार्दै भूजडित राष्ट्रमा रुपान्तरण गर्न यो ऐतिहासिक महत्वको प्रस्ताव अगाडि सारिदिएर नेपालीहरूलाई ‘सरप्राइज’ दिएका छन् । 

नेपालीको सोचाईमा समेत नरहेको राष्ट्रपति सीको यो ‘सरप्राइज’ कार्यान्वयनमा आएपछि नेपालीहरुको जीवनमा कायापलट हुने देखिन्छ । भूपरिवेष्ठितबाट भूजडित बनाउने प्रतिबद्धता गर्दै राष्ट्रपति सीले केरुङ–काठमाडौं सुरुङमार्ग दु्रत गतिमा अगाडि बढाउने वचन दिएपछि नेपालीहरुमा हर्ष छाएको छ । तर सुरुङमार्ग निर्माणमा धेरै ठूलो रकम खर्च लाग्ने देखिन्छ ।

राष्ट्रपति सीको यो घोषणाले नेपालीलाई ‘सरप्राइज’ मात्र दिएन कि नेपालीहरुले राष्ट्रपति सीको भ्रमण इतिहासकै अमूल्य भ्रमणका रुपमा लिएका छन् ।

तीन दशकको अन्तरालमा विश्व जगतमा आर्थिक र सामाजिक विकासमा फड्को मारेको विश्वकै शक्तिशाली मुलुक चीनका राष्ट्रपति सीले ‘सुरु गरेको काम अन्त्य गर्नुपर्छ’ भन्ने धारणा व्यक्त गरेका थिए । चिनियाँ राष्ट्रपतिको इतिहास र उनको बोलीलाई अकाट्य मान्ने गरिन्छ ।

त्यसैकारण पनि सीले घोषणा गरेको योजना कार्यान्वयनमा आउनेछ भनेर सबैले विश्वास गरेका छन् । तर सुरुङमार्ग निर्माण कार्यान्वयन पक्ष भने झन्झटिलो र खर्चिलो देखिएको छ ।

हालै डीपीआर गरिएको नागढुंगा–नौबिसेको २.७ किलोमिटर लामो सुरुङमार्ग निर्माणमा करिब १३ अर्ब रुपैयाँ खर्च लाग्ने प्रारम्भिक प्रतिवेदन निकालिएको छ । चिनियाँ राष्ट्रपति सीले गरेको काठमाडौं–केरुङको सञ्जालमा ३० किलोमिटर सुरुङमार्ग निर्माण गर्ने प्रतिबद्धतालाई नागढुंगा–नौबिसेलाई आधार मानेर मूल्यांकन गर्ने हो भने काठमाडौं–केरुङबीच सुरुङमार्ग निर्माणमा करिब १ खर्ब ५० अर्ब खर्च लाग्ने देखिन्छ ।

काठमाडौं–केरुङबीचको भौगोलिक संरचना अवस्था के छ ?  फेस पोइन्ट कति र फिनिसिङ के कस्तो ? यिनै आधारमा  निर्माणको खर्च आंकलन  गर्नुपर्ने विज्ञहरु बताउँछन् । फेस पोइन्ट बढी भएको अवस्थामा सुरुङ्ग मार्ग निर्माणमा  खर्च कम र ब्लास्टिङ गरेर निर्माण गर्दा बढी खर्च हुने  विज्ञहरु बताउछन।  

सुरुङमार्ग निर्माण मेशिनको प्रयोग र ब्लास्टिङ गरी दुई तरिकाबाट गरिन्छ । यसलाई आधार मानेर हेर्ने हो भने मेशिनले दैनिक २० देखि २५ मिटर ड्रिलिङ गर्ने क्षमता राख्दछ । त्यस्तै ब्लास्टिङ गरेर जाने हो भने दैनिक केवल ५ मिटर मात्रै ड्रिलिङ हुन्छ । यसरी ब्लास्टिङ गरेर केरुङ–काठमाडौं सुरुङमार्ग निर्माणमा लाग्ने हो भने पनि कम्तिमा १६ बर्ष लाग्ने देखिन्छ । मेशिनले ड्रिलिङ गरेर नियमित काम अगाडि बढाउने हो भने ६/७ बर्षमा सुरुङमार्ग निर्माण हुने देखिन्छ । तर ड्रिलिङ गरेरै काम सुरु गरिएको मेलम्चीको २७ किलोमिटर सुरुङमार्ग निर्माणमा भने २० बर्षभन्दा बढी समय लागेको छ ।

६ फेस राखेर निर्माण गरिएको मेलम्ची सुरुङमार्ग निर्माणलाई आधार मान्ने हो भने नेपालमा केरुङ–काठमाडौं सुरुङमार्ग निर्माण गर्न २५/३० बर्षको आकंलन आउँछ । तर चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता र बोलीकै कारण पनि केरुङ–काठमाडौं सुरुङमार्ग निर्माण ५÷६ बर्षमै सम्पन्न हुन्छ भनेर विज्ञहरुले अनुमान गरेका छन् ।